सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सावधान! यी कार्य र खानेकुराले उर्वरता घटाउँछ

सावधान! यी कार्य र खानेकुराले उर्वरता घटाउँछ

4480
Shares
सावधान! यी कार्य र खानेकुराले उर्वरता घटाउँछ

विषादी मिसिएको फलफुल तथा सागसब्जी

विषादी मिसिएको फलफुलले वीर्यको मात्रा घट्ने मात्र होइन त्यसको शक्ति पनि कम्जोरहुने भएकोले फलफुल र सागपात खानुअगाडि राम्रोसँग पखालेर खानुहोस । उच्च विषादी मिसिएको फलफुल र सागपात खाने मानिसहरुमा त्यस्तो नखाने मानिसको तुलनामा ४९ प्रतिशत वीर्य कम भएको एक अध्ययनले देखाएको छ ।

केमोथेरापी

केमोथेरापी गरेका विरामीहरुमा पनि वीर्य हस हुने वैज्ञानिकहरुले बताएका छन् ।केमोथेरापी गरेका व्यक्तिमध्ये नगन्यको मात्र पाँच÷सात वर्षपछि वीर्यको मात्रामा सुधार आएको युनिर्भसिटी अफ टेक्साजका अनुसन्धानकर्ताहरुले बताएका छन् ।

निकोटिनः

चुरोट सुर्तीमा हुने निकोटिनले पनि तपाईको वीर्यमा प्रभाव पार्ने गर्छ । वैज्ञानिकहरुका अनुसार निकोटिनयुक्त कूलतमा फसेका पुरुषहरु बाँझोपनको शिकार हुन्छन् ।

एस्पिरिन

एस्पिरिन लिनुभन्दा अगाडि दुई पटक सोच्नुहोस । सातामा एक पटक ५ सय एमजीको एस्पिरिन खाने चिकित्साशास्त्रका विद्यार्थीमा अन्यको तुलनामा धेरैमात्रामा वीर्य नास भएको नेसनल युनिर्भसिटी अफ कोर्डोबाको एक अध्ययनमा उल्लेख छ ।

मोबाईल फोनको विकिरण

तपाई मोबाईल फोन बिना जीवनलाई असम्भव देखिरहेकै बेला मोवाईमा हुने विद्युतीय चुम्बकीय विकिरणको निरन्तर एक्सपोजले वीर्यको गुणस्तरमा गम्भीर प्रभाव पार्ने वैज्ञानिकहरु बताउछन् । तसर्थ लामो समय पकेटमा मोवाई पनि नराख्नुहोस ।

मोटोपन

मोटोपनले यौन जीवन मात्र होइन वीर्यको गुणस्तरमा पनि गम्भीर अशर गर्ने वैज्ञानिकहरु बताउँछन् ।

-स्वास्थ्य खबरपत्रिका

4480
Shares

ट्रेन्डिङ