सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काठमाडौं क्यान्सर सेन्टरद्वारा स्वयंसेविकाका लागि क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं क्यान्सर सेन्टरद्वारा स्वयंसेविकाका लागि क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

925
Shares
काठमाडौं क्यान्सर सेन्टरद्वारा स्वयंसेविकाका लागि क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं क्यान्सर सेन्टरद्धारा विश्व क्यान्सर दिवसको अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकहरूको लागि क्यान्सर सचेतना कार्यक्रम र भीआइए स्क्रिनिङ सिभिरको आयोजना गरेको छ।

भीआइए स्क्रिनिङले प्रारम्भिक चरणमा क्यान्सर भए नभएको पत्ता लगाउन सहयोग पुराउने गर्दछ। स्याहारमा भएको फरकलाई बन्द गरौँ ’ भन्ने नारासहित काठमाण्डौं क्यान्सर सेन्टर नालारोड ताथली भक्तपुरमा बर्ष २०२४ को क्यान्सर दिवस मनाउनेक्रममा भीआइए स्क्रिनिङ सिभिरको समेत आयोजना गरिएको हो। । अस्पातलका कार्यकारी निर्देशक डा. सिमित सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा कलाकार एवं चलचित्र निर्देशक दीपाश्री निरौला बिषेस आकर्षणका रुपमा थिइन। दिपा कार्यक्रमको प्रमुख अतिथि समेत थिइन। कार्यक्रममा मिस नेपाल इन्टरनेसनल सृजना केसी , चांगुनारायण न.पा का स्वास्थ्य प्रमुख लगायतको समेत सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित १०० भन्दा बढिले भीआइए स्क्रिनिङको लाभ उठाएका थिए ।

उक्त कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुभाष पण्डितले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षणको महत्वबारे चर्चा गरेका थिए। साथै भक्तपुर जिल्लाभर कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई क्यान्सर लागे नलागेको बारे निशुल्क रुपमा उनिहरुको पाठघरको क्यान्सरको परीक्षण समेत गरिएको थियो ।

नेपालमा क्यान्सर रोगीको संख्या बढ्दो क्रममा छ साथै उपचारको सुविधामा पनि वृद्धि भईरहेको छ । साथै अब क्यान्सर भए स्वदेशमा नै सवै किसिमको उपचार हुन थालेको छ। काठमाडौँ क्यान्सर सेन्टर लगायतका अस्पतालहरुमा क्यान्सर रोगको अपरेसन, रेडियोथेरापी ,केनोथेरापी, ब्राकीथेरापी, ईम्युनोथेरापी लगायतका सम्पुर्ण उपचार उपलब्ध भएकाले भारत वा थाईल्याण्ड जानु नपर्ने भएको हो ।

काठमाडौं क्यान्सर सेन्टर समुदायमा आधारित पहलहरू मार्फत क्यान्सर सचेतना, रोकथाम, र प्रारम्भिक पहिचानलाई प्रवर्द्धन गर्न समर्पित छ।


साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक कार्यक्रम संगै क्यान्सर रोग यसको जोखिम ,कारकहरू र समुदाय भित्र प्रारम्भिक पहिचानको महत्त्व बारे सचेतना जगाउन पहुँच र प्रभाव विस्तार गर्ने लक्ष्य काठमाडौँ क्यान्सर सेन्टरले लिएको छ।

925
Shares

ट्रेन्डिङ