सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • चार वर्षमा दुई सन्तानको निधनले प्रचण्ड परिवार शोकाकुल

चार वर्षमा दुई सन्तानको निधनले प्रचण्ड परिवार शोकाकुल

3195
Shares
चार वर्षमा दुई सन्तानको निधनले प्रचण्ड परिवार शोकाकुल

काठमाडौं, मङ्सिर ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुत्रशोक परेको छ । उनका छोरा प्रकाश दाहालको अाइतवार विहान ‘आकस्मिक हृदयघात’का कारण निधन भएसँगै प्रचण्ड परिवार शोकमा डुबेको हाे ।

प्रकाश २०३८ साल असार १७ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिएका थिए । उनी अध्यक्ष प्रचण्डका स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । द्वन्द्वकालमा भूमिगत रहेर बुवासँगै उनले राजनीति गरेका थिए । यसअघि प्रचण्डको जेठी छोरी ज्ञानु दाहाल केसीको २०७० सालमा निधन भएको थियो । उनी लामाे समयदेखि स्तन क्यान्सर रोगबाट पीडित थिइन् ।
– नयाँ पत्रिका

3195
Shares

ट्रेन्डिङ