सबैको समाचार
आइतवार, बैशाख २३, २०८१

डडेल्धुरामा देउवा अगाडि

2805
Shares
डडेल्धुरामा देउवा अगाडि

डडेल्धुरा, मंसिर २३ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभातर्फ चार हजारभन्दा बढी मतको अग्रता बनाएका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार देउवाले १०,०८४ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले ६,०८० मत पाएका छन् । त्यस्तै प्रदेश सभा (क) मा नेकपा एमालेका पठानसिंह बोहराले ८,८८९ मत पाउँदा नेपाली कांग्रेसका रघुवर भट्टले ५,८२८ मत पाएका छन् ।
प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका कर्णबहादुर मल्लले ६,७६० मत पाएका छन् भने नेकपा एमालेबाट डा. तारा जोशीले ५,६९२ प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

2805
Shares

ट्रेन्डिङ