सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सन्तपुर बस्ती ८० प्रतिशत काम सम्पन्न, २ करोड अझै अपुग

सन्तपुर बस्ती ८० प्रतिशत काम सम्पन्न, २ करोड अझै अपुग

4115
Shares
सन्तपुर बस्ती ८० प्रतिशत काम सम्पन्न, २ करोड अझै अपुग

पुस १० ,रौतहटको चन्द्रपुर स्थित सन्तपुरमा समाजसेवी तथा हाँस्यकलाकार द्धय सिताराम कट्टेल‘धुर्मुस’ र कुन्जना घिमिरे‘सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सम्पन्न भएको छ । असोजको २८ गतेबाट बिधिबत रुपमा कम्पाउण्डको वालबाट कार्य थालनी गरिएको उक्त बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक अरु सबै कामहरु अन्तिम चरणमा पुगेको बताईएको छ ।
बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, धाराहरु, सार्बजनिक सौचलय, भ्यु टावर, प्राईमरी बिद्यालय, बगैंचा लगायतका संरचना निर्माण गरिनेछ । बस्ती निर्माणका लागि ५ करोड ९५ लाख लागत अनुमान गरिएपनि त्यो भन्दा कममै बस्ती सम्पन्न गर्ने प्रयास गरिरहेको धुर्मुसले जानकारी दिएका छन् । गिटी, बालुवा, सिमेन्ट खरिद देखी बोक्ने सम्म धुर्मुस आफैं खटिएका छन् । तर पनि बस्ती निर्माणका लागि फाउण्डेशनलाई २ करोड अपुग छ । सहयोगीहरु बस्तीमै पुगेर सहयोग हस्तान्तरण गरिरहँदा हस्तान्तरण सम्ममा सहयोग संकलन हुने कुरामा उनि आशावादी पनि छन् । बस्ती निर्माणका लागि दैनिक २६१ जना कामदार खटिरहेका छन् । निर्माणको काम बिहान ६ बजेदेखी सुरु र बेलुकी साँझ सम्म निरन्तर चलिरहन्छ । कुनै चाड पर्वमा समेत काम रोकिदैंन । कामदारहरुलाई चाडपर्वमा धुर्मुस सुन्तली आँफै पुगेर केही न केही उपहार अथवा बस्तीमै पर्व सेलिब्रेशन गर्छन् ।

धुर्मुस सुन्तलीको सन्तपुर बस्ती, ८० प्रतिशत काम सम्पन्न, २ करोड अझै अपुग

बस्तीमा प्रत्येक दिन काम सुरु हुनु पुर्व कामदारहरुलाई राष्ट्रिय गान गाउन लगाईन्छ र उनिहरुको समस्या र प्रगतीका बिषयमा कुराकानी हुन्छ । हरेक दिन बिहान धुर्मुस कामदारहरुसंग दुख सुखका कुराकानी गर्छन्, उनिहरुलाई प्रेरणादायी कुराहरु सुनाउँछन् अनि काम गर्ने शैली र बस्ती सुन्दर बनाएकोमा धन्यवाद समेत दिदैं काम गर्न हौंसाउँछन् र आँफै पनि बेलुकी अबेर सम्म खटिरहन्छन् । यसरी काम गर्ने मान्छेहरुलाई प्रोत्साहन स्वरुप हरेक दिन बिहान पिटि परेड समेत गराईन्छ ।
-मिलिजुली अनलाईन बाट

4115
Shares

ट्रेन्डिङ