सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आयो कार्टुन्ज क्रुको नयाँ गीत ‘कम्मरको ट्याटु’

आयो कार्टुन्ज क्रुको नयाँ गीत ‘कम्मरको ट्याटु’

4925
Shares
आयो कार्टुन्ज क्रुको नयाँ गीत ‘कम्मरको ट्याटु’

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को कमेडी शैलीमा तयार भएको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘कम्मरको ट्याटु’ बोलको गीतलाई निर्माण टीमले शुक्रबार सार्वजनिक गरेको हो । बिभिन्न कारणले बिवादमा आईरहने गायक तथा कम्पोजर अल्मोडा राना उप्रेतीको स्वरमा रहेको गीतमा राजेन्द्र भाट ‘मिस्टर आरजे’को शब्द तथा संगीत रहेको छ ।
मनोज बस्नेतको निर्माणमा तयार भएको गीतमा कार्टुन्ज क्रु का सरोज अधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ । राम कुमार केसिको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । लाइमलाइट नेपालले पोस्ट प्रोडक्सन गरेको भिडियो लाई ठग लाइफ नेपालले मिडिया व्यावस्थापन गरिरहेको छ । भिडियोमा सरोजको साथमा आश्मा विश्वकर्मा, राम घले, लाक्पा डि लामा, सुविन चन्द्र अधिकारी र बिकास राईको अभिनय रहेको छ ।

4925
Shares

ट्रेन्डिङ