सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • माघ १७ मा ‘सुपर मुन’: चन्द्रमा ठूलो आकारको हुने

माघ १७ मा ‘सुपर मुन’: चन्द्रमा ठूलो आकारको हुने

4465
Shares
माघ १७ मा ‘सुपर मुन’: चन्द्रमा ठूलो आकारको हुने

काठमाडौं, पुस ३०: जनवरी ३१ अर्थात माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा पटक पटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं ।

तर त्यस दिन चन्द्रमा अघि पछिको पूर्णिमाको रातभन्दा ठूलो आकारको हुनेछ । यस्तो चन्द्रमालाई पश्चिमा खगोलशास्त्रीले ‘सुपर मुन’ भन्ने गरेका छन् । चन्द्र ग्रहण खगोल क्षेत्रमा नौलो नभए पनि ब्लु ब्लड मुनमा खग्रास चन्द्र ग्रहण भने डेढ शताब्दीपछि देखिन लागेको हो । यसअघि ‘ब्लु ब्लड मुन’ मा सन् १८६६ मार्च ३१ मा खग्रास चन्द्र ग्रहण लागेको थियो ।
-नागरिक दैनिक

4465
Shares

ट्रेन्डिङ