सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रहरी डीएसपी हुँ भन्दै सर्वसाधारण कुट्दै ! ठगी

प्रहरी डीएसपी हुँ भन्दै सर्वसाधारण कुट्दै ! ठगी

2755
Shares
प्रहरी डीएसपी हुँ भन्दै सर्वसाधारण कुट्दै ! ठगी

काठमाण्डौ / आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी गरेको आरोपमा काभ्रेका ३८ वर्षीय नारायण भन्ने भोला गौतम पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले बौद्धको नयाँबस्तीबाट नारायण भनिने भोला गौतमलाई पक्राउ गरेको हो ।

पक्राउ परेका गाैतमले डीएसपीको युनिफर्म लगाएको फोटो मोवाइलमा राखेर विभिन्न व्यक्तिहरुलाई धाकधम्की दिने गरेका थिए ।

साथै उनले सार्वजनिक स्थानमा विकास बस्नेत र सुजन प्रसाइँलाई हातपात गरेको, लछार-पछार गरेर अभद्र व्यवहार गरेको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भैरहेकाे महाशाखाले जनाएकाे छ ।

2755
Shares

ट्रेन्डिङ