सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • तथ्यहीन समाचारमा न्युज अफ नेपालको खण्डन , खण्डननै पटक पटक परिवर्तन , पत्रकारलाई ज्यानमार्ने धम्की

तथ्यहीन समाचारमा न्युज अफ नेपालको खण्डन , खण्डननै पटक पटक परिवर्तन , पत्रकारलाई ज्यानमार्ने धम्की

65900
Shares
तथ्यहीन समाचारमा न्युज अफ नेपालको खण्डन , खण्डननै पटक पटक परिवर्तन , पत्रकारलाई ज्यानमार्ने धम्की

काभ्रे :- निरन्तर नेपाल समाचार पत्र र अनलाईन सस्करण न्युज अफ नेपालले प्रकासन गरेको समाचारको विषयमा मन्त्रि लामा काउन्सिल गएपछी न्युज अफ नेपालले खण्डन सहित क्षमा मागेको छ l खण्डन गरेता पनि खण्डनलाई भने न्युज अफ नेपालले पटक पटक परिवर्तन गरेकोमा मन्त्रि लामाले आपति जनाएका छन्। उता सुन तस्करी प्रकरणमा मन्त्री लामाको सम्लग्नता लेख्ने पत्रकार मोतीराम तिमल्सिनाले भने जिल्ला प्रहरी कार्यालय काभ्रेमा आफुलाई ज्यान मर्ने धम्कि आएको भन्दै उजुरी गर्न पुगेका छन्।

https://www.facebook.com/watch/?v=810229544219777

खण्डनलाई पनि पटक पटक नुज अफ नेपालले ईडीट गरेर परिवर्तन गरेको छ। सुरुमा समाचारले परेको असरप्रति क्षमा माग्न चाहान्छु भन्दै आएको खण्डन पनि पटक पटक ईडिट गरेर खन्डनलाई नै परिवर्तन गरिएको छ। यता समाचार लेख्ने पत्रकार मोतीराम तिमल्सिना भने यो प्रकरणमा लामाको संलग्नता रहेको झुटो कपोकल्पित समाचार लेखेकोमा समाचारपत्रको खण्डनसगै समाचार झुटो र कपोकल्पित भएको पुस्टि भएको छ। अब उनले लेख्ने समाचार कति विस्वस्निय छन् भन्ने आमपाठक वर्गले बुझ्नका लागी यहि घटना नै काफी भएको छ। उनीले किन यस्तो कपोकल्पित र विना सुचना झुटो समाचार लेखे ? सार्वजनिक पदधारणा गरेका व्यक्तिको चरित्र हत्या गर्नु नै उनको उदेस्य हो या ख्याती कमाउनकै लागि झुटो समाचार लेखेका हुन् त्यो भने काउन्सिलको छानविन पछी नै सार्वजनीक होला ?

 

मन्त्रीले आफ्नो संलग्नता नभएको विज्ञप्ति सार्वजनिक :- 

आफ्ना विरुद्ध सञ्चारमाध्यममा झुटो प्रचार भएपछि बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ बहादुर लामाले प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । २०८० भाद्र २५ गते काठमाडौंमा सुन जस्तो पहेंलो धातुको डल्ला (९६० ग्राम) बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर समाचार प्रकाशित भएपछि उनी ती सञ्चारमाध्यमविरुद्ध काउन्सिलमा उजुरी गर्न पुगेका हुन् ।

आइतबार दर्ता भएको उजुरीमा कामना प्रकाशन प्रालिको अनलाइन संस्करण न्यूज अफ नेपाल डटकम र नेपाल प्रेस डटकमलाई उजुरी परेको हो। नुज अफ नेपालमा समाचार लेखेका पत्रकार मोतिराम तिमल्सिनाको बाइलाइनमा प्रकाशित मलद्वारमा लुकाइ ल्याएको ‘सुन’ले काभ्रे कांग्रेसमा खैलाबैला भन्ने शीर्षकको समाचारले व्यक्तिगत मानमर्दन र चरित्रहत्या गर्ने काम भएको उल्लेख छ । सोही सञ्चार संस्थाको पटक पटक विना आधार लामाको संलग्नता भन्दै समाचार प्रकाशन गरेका छन्

 

‘कपोलकल्पित, तथ्यहिन र पूर्वाग्रही’ समाचारले आफूलाई मर्माहत र दुःखित तुल्याएको भन्दै उनले समाचारमा कुनै सत्यता नरहेको र कुनै प्रकारको संलग्नता नरहेको विज्ञप्ति जारी गरेका थिए । मन्त्री लामाले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा आफू दृढ रहेको उल्लेख गर्दैै दोषी पत्ता लगाउन र दोषीलाई कानुन बमोजिम कारवाहीको पनि माग गरिएको छ । साथै घटनाको सत्यतथ्य छानविन गर्न आवश्यक अनुसन्धानमा सम्बन्धित निकायलाई सहयोगका लागि प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख लामाले गरेका छन् ।

खण्डन नै पटक पटक परिवर्तन :-

यता मन्त्रि लामाले उजुरी गरेपछि न्युज अफ नेपालले भने खण्डन छापेको छ। खण्डनमा भनिएको छ :- हामीले प्रकाशन गरेको एक किलो सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको लामाले बताएका भन्दै त्यसरी सम्पेषित भएको समाचारमा समाचारको भरपर्दो स्रोत उल्लेख नगरी प्रकाशन भएकोमा हामी क्षमाप्राथी छै। सो समाचार प्रकाशन भए वापत सम्बन्धित पक्षलाई पर्न गएको असर प्रति पनि क्षमा माग्न चाहान्छौ भन्दै न्युज अफ नेपालले क्षमा सहित खण्डन प्रकाशन गरेको हो।

https://www.facebook.com/watch/?v=810229544219777

 

उता विना भरपर्दो स्रोत समाचार प्रकाशन गर्ने अनलाईन र लेख्ने पत्रकारलाई भने काउन्सिलले के के कारवाही गर्ला भने हेर्न बाकी नै छ। मन्त्रीले कानुन्सिलमा उजुरी गरे जस्तै भरपर्दो स्रोत नखुलाई समाचार लेख्ने काभ्रेका पत्रकार मोतीराम तिमल्सिनाले पनि मन्त्रि लामाका नेता तथा कार्यकर्ताले ज्यानमार्ने धम्कि दिएको भनि जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दिएका छन्। उनको उजुरी बमोजिम जिल्ला प्रहरी कार्यालयले अहिले सम्म कुनै कारवाही प्रक्रिया अगाडी बढाएको भने छैन।

काउन्सिलले भने मन्त्रिको उजुरी उपर के गर्ला र विना सुचना समाचार लेख्ने पत्रकार तिमल्सिनालाई भने के के कारवाही गर्ला त्यो भने हेर्न बाकि छ। यता मन्त्री तिर्थ लामाले भने समाचारको खण्डन प्रती आपत्ति जनाएका छन् । लामाले समाचारको हुबहु खण्डन हुनुपर्नेमा त्यो नभएकोले दु:ख व्यक्त गरेका हुन् । उनले हिजोका दिनमा समाचार लेख्दा कपोकल्पित, बिना आधार समाचार लेख्ने अनि आज खण्डन चाहिँ गर्न नसक्ने भनी असन्तुष्टि व्यक्त गरेका हुन।

प्रहरी भन्छ :- मन्त्रीको संलग्नता देखिएन :- 

सुन तस्करी प्रकरणमा बागमती प्रदेश मन्त्रिको संलग्नता हो या हैन भन्ने प्रश्नमा हिजो न्युज २४ को सिधाकुरा जनतासँग कार्यक्रममा काठमाडौँ महानगर प्रहरी प्ररिसरका प्रबक्ता कुमोध ढुङ्गेलले मन्त्रीको कुनै संलग्नता नरहेको र हामीले अहिले सम्म कुनै कनेक्सन नभेटेको जनाए र अनुसंधानमा ल्याउनु पर्ने कुनै कारण नदेखिएको संगै चेक भेटिएको भनिएकोमा चुनाब तिरको लेनदेनको चेक रहेको पुस्टि गरे र यस प्रकरण सँग सम्बन्धित नभएको स्पस्ट उल्लखे गरेका छन्।

यता खण्डन सम्म पटक पटक परिवर्तन गर्नु र सम्बाददाताले लेखेको समाचारलाई प्रकाशन पुर्व कुनै क्रस चेक नगरी समाचार प्रकासन गर्नुलाई थप् सङ्गकाले हेर्न थालिएको छ। उक्त समाचारमा सार्वजनिक व्यक्तिको चरित्र हत्या गर्न तत्पर रहेकोमा न्युज अफ नेपालको विस्वस्नियता माथि नै प्रश्न चिन्ह खडा भएको छ ? यस्ता समाचार सम्प्रेषण कर्तालाई भने कारवाही हुनु पर्छ कि पर्दैन ? भन्दै आम काभ्रेलीहरु प्रस्न गर्न थालेका छन्।

 

 

 

 

65900
Shares

ट्रेन्डिङ