सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रजातन्त्रका सेनानी लाई देउवाले भेटे

प्रजातन्त्रका सेनानी लाई देउवाले भेटे

3220
Shares
प्रजातन्त्रका सेनानी लाई देउवाले भेटे

काठमाडौं, असोज १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनका सेनानी लक्ष्मीप्रसाद श्रेष्ठ (ताल्चा भडेल)लाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार श्रेष्ठको निवास मैजुबहाल, चाबहिलमा पुगेर सभापति देउवाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।मुलुकमा प्रजातन्त्र ल्याउन श्रेष्ठको भूमिका महत्वपूर्ण रहेको छ । त्यसक्रममा उनले पटक–पटक जेल जीवन बिताएका थिए ।

८८ वर्षीय सेनानी श्रेष्ठ लामो समयदेखि अस्वस्थ छन् ।सभापति देउवाले श्रेष्ठको उपचारमा कुनै कमी हुन नदिने बताए । उनले प्रजातन्त्रका लागि लड्ने सबै प्रजातन्त्रवादीका लागि पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

3220
Shares

ट्रेन्डिङ