सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पिडितलाई मिलेर जानु भन्ने प्रहरी यहाँ रहदैन्न : खनाल

पिडितलाई मिलेर जानु भन्ने प्रहरी यहाँ रहदैन्न : खनाल

6845
Shares
पिडितलाई मिलेर जानु भन्ने प्रहरी यहाँ रहदैन्न : खनाल

सनम सुवाल /

बैशाख २६ ,धुलिखेल  ; नेपाल सरकारको नियमित बजेट तथा राष्ट्रिय पूर्णनिर्माण प्राधिकरणको सहयोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक,धुलिखेल परिसरमा नवनिर्मित भवनको आज एक समारोह बीच समुद्घाटन  सम्पन्न भएको छ lसोहि भवन समुद्घाटन गर्न काभ्रे आएका नेपाल प्रहरी संघठन प्रमुख तथा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले कार्यक्रमलाई सम्बोघन गर्दै उनले “गुण्डा गर्दी संग मिलेर पिडितलाई मिलेर जानु भन्ने प्रहरी यहाँ रहदैनन भने ” र यसो नगर्न पनि निर्देशन दिए ,भौतिक सोत साधनको आवश्यक परिपूर्ति पछि सेवा प्रदान गर्नको लागि सहज हुनी भएकोले सो भवन निर्माण भएको र प्रहरीको हिरासतमा परेकाहरुलाई फेरी हिरासतमा नफर्कनी गरि शिक्षा प्रदान गर्नु पनि प्रहरीको नै जिम्मेवारी हो l

नव निर्मीत भवन जसमा हिरासत कक्ष् ,प्रहरी पदाधिकारीका लागि सुबिधा  सम्पन भवन रहेको छ l जसको लागत ६ करोड ८४ लाख रहेको जानकारी प्रहरी इन्जीनियर इश्वर थापाले जानकारी दिए l कार्यक्रममा स्थानीय जनप्रतिनिधि,सरकारी कार्यलय प्रमुख ,जिल्ला समन्वय प्रमुख  ,जिल्ला प्रसासन प्रमुख,उधोगी,व्यबसायी  लगाएतको बाक्लो उपस्थिति रहेको थियो l

कार्यक्रमको सभापति भने ३ न का प्रदेश प्रहरी प्रमुख दिपक कुमार थापा रहेका थीए lर उनले सम्बोधन गर्दै महनिरिक्षकले गरेको निर्देशन आफु र प्रदेश ३ भित्रका १० सै जिल्लाका प्रहरीले पालना गर्ने प्रतिवधता पनि जनाए l

6845
Shares

ट्रेन्डिङ