सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

2590
Shares
लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

कञ्चनपुर , मंसिर , १३ ,  प्रहरीले धनगढीबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–५ जाइँ बस्ने २८ वर्षीय इन्द्रजीत धामी, वडा नं ८ बस्ने १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका– ३ घर भई हाल धनगढी–१ बस्ने १९ वर्षीया मोनिका थापा भन्ने मोनिका बुढालाई गए राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिए । उनीहरु तीनै जनालाई धनगढीस्थित पुष्पाञ्जली होटलको कोठा नं ७०१ बाट तीन ग्राम ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको उनले बताए ।

 

 

 

-रातो पाटी बाट

2590
Shares

ट्रेन्डिङ