सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोक दुर्घटना अपडेट : अस्पतालमा उपचार भइरहेका सबै घाइतेको अवस्था गम्भीर , १४ को मृत्यु, १८ घाइते

सिन्धुपाल्चोक दुर्घटना अपडेट : अस्पतालमा उपचार भइरहेका सबै घाइतेको अवस्था गम्भीर , १४ को मृत्यु, १८ घाइते

3670
Shares
सिन्धुपाल्चोक दुर्घटना अपडेट :  अस्पतालमा उपचार भइरहेका सबै घाइतेको अवस्था गम्भीर , १४ को मृत्यु, १८ घाइते

सिन्धुपाल्चोक, मंसिर  , २९ ,   दोलखाको कालिञ्चोक बाट दर्शन गरी फर्किदै गरेका यात्रुहरु सवार बस  सिन्धुपाल्चोकको सुनकोशी-७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको छ भने १६ जना यात्रु घाइते भएका छन् ।घाइतेमध्ये चार जनाको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।घाइते सबैको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमा अन्दाजी ६० बर्षीय मिठु ढकाल, ३२ बर्षीय राम सिंह तामाङ , एक बालक र एक जना महिला रहेका छन् ।

बसका चालक फरार रहेका छन् । चालकको लापरबाहीले बस दुर्घटना भएको सिन्धुपाल्चोकका ट्राफिक प्रमुख राजेश दाहालले बताउनु भयो ।यस्तै घाइते मध्ये ६ जनाको काठमाडौको ह्याम्स अस्पतालमा उपचार जारी छ । भने ६ जना खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भईरहेको छ ।

सिन्धुपाल्चोक  ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १८ जना यात्रु घाइते भएका छन् ।मृतकमध्ये दोलखा भीमेश्वर नगरपालिकाकी जुनुु तामाङको मात्र सनाखत भएको छ । घाइतेमध्ये अधिकाँशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना भएको हो ।

बस आज बिहान लामो साँघु चरिकोट सडकखण्डमा पर्ने सुनकोशी–७ मा सडकबाट करीब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।६ किलो मोडबाट पल्टिएको बस तल सडकमै पुगेको थियो । भक्तपुरबाट हिजो रिजर्भ गरेर कालिन्चोक भगवती मन्दिर दर्शनका लागि गएको बस आज फर्कँदै गर्दा दुर्घटनामा परेको हो ।

बसमा कुल ३२ जना सबार रहेको प्रहरीले जनाएको छ । बस क्षतविक्षत अवस्थामा छ

 

3670
Shares

ट्रेन्डिङ