सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  •  मानव बेचविखन ,सुरक्षित बसाइँ सराई सम्बन्धी अन्तरक्रिया सम्पन्न

 मानव बेचविखन ,सुरक्षित बसाइँ सराई सम्बन्धी अन्तरक्रिया सम्पन्न

4380
Shares
 मानव बेचविखन ,सुरक्षित बसाइँ सराई सम्बन्धी अन्तरक्रिया सम्पन्न

सुनिल श्रेष्ठ , पर्सा , पुष  ,१०   माइती नेपाल पर्साको आयोजना र फाऊन्डेसन हेयरको सहआयोजनामा एक दिने अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । वीरगंजस्थित होटेल कन्ट्री इनमा भएको मानव वेचविखन तथा सुरक्षित बसाइँ सराई सम्बन्धमा सन्चार कर्मीको झुमिका बिषयक एक दिने अन्तरक्रिया कार्यत्रम सम्पन्न झएको हो ।

अन्तरक्रियामा हाम्रो आवाज चेलीबेटी वेचविखनबाट मुत्त समाज भन्ने नारा समेत लगाइएको थियो । कार्यक्रममा माइती नेपाल पर्साका सँयोजक सँगीता पुरीले नेपालबाट महिलाहरुलाई रोजगारीको प्रलोभनमा पारेर भारत लग्ने गरेको तथा उहाँले भारतबाट ३१ जना र नेपालबाट १९ जना भारतीय युवा युवतीहरुलाई उद्धार गरिएको बताईन ।

उनले आफ्नो कार्यालयमा १२ जना घरेलु हिंसा र जवरजस्ती करणी १० मुद्दा दर्ता रहेको १० जना हिरासतमा समेत रहेको जानकारी गराएकी थिइन् भने मानव बेचविखत सम्बन्धि जिल्ला अदालतमा १ जनाको मुद्दा परेको जसमा ४ जना महिला पिडित भएको उजुरी दिएका छन् ।

उहाँले १ महिला २ पुरुष रहेको तथ्यांक प्रस्तुत गर्नु भएको थियो । उनले नेपाल प्रहरी र भारतीय प्रहरीले समेत राम्रो सहयोग गरेकाले गत वर्ष भन्दा यसवर्ष कम मात्रामा भारत गएको तथ्यांक भेटिएको सँयोजक पुरीले बताएकी हुन् ।
उहाँले भारतीय युवाहरुले प्रेम जालमा फसाउने अनि उनीहरूलाई भारत लिएर जाने गरेको तथा नेपालका विभिन्न जिल्लाहरुबाट आफ्नो श्रीमान्सँग अलग भएर बसेका महिलाहरु र युवतीहरु भारत जाने गरेकोले उनीहरूलाई के कारणले भारत जान लागेको भनेर सोधपुछ गर्दा केही दलालको प्रलोभनमा परेर जाने गरेको खुलासा समेत हुने गरेको पुरीले बताईन् ।

उहाँले उदार गरेको युवतीहरुलाई सीपमूलक तालिम र रोजगारी दिलाउने काम आफुले गर्दै आएको तथा हालै ४ जना युवतीहरुलाई नेशनल मेडिकल कलेजमा रोजगारी दिलाएको स्मरण समेत गराउनु भएको थियो । त्यसैगरी संयोजक पुरीले आफ्नो कार्यालयमा ५९ जनाको खोजतलास परेकोमा २०जना फेला फरेको जानकारी गराएकी थिइन् ।

अन्तरक्रिया कार्यत्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसि लामिछाने, सदस्य जगत राई, पर्सा सचिव युवराज खडका लगायत सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

4380
Shares

ट्रेन्डिङ