सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • चीनमा बिजुली बस बनाउने कम्पनीले महावीर पुन लाई सहयोग गर्ने प्रतिवद्धता

चीनमा बिजुली बस बनाउने कम्पनीले महावीर पुन लाई सहयोग गर्ने प्रतिवद्धता

6110
Shares
चीनमा बिजुली बस बनाउने कम्पनीले महावीर पुन लाई सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं , पुष , १३ , चिनियाँ एक बिजुली बस बनाउने कम्पनीले रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने भएको छ ।

चीनमा बिजुली बस बनाउने कम्पनी सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

आविष्कार केन्द्रको अवलोकन गर्न पुगेका उनले त्यहाँ निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो दिएका थिए । उनले विद्युतिय सवारी साधन बनाउन चाहिने ब्याट्री मोटरलगायत सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको उनीसँगै पुगेका सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

‘यहाँका विद्यार्थीहरूले आफूलाई के–के चाहिन्छ हामीलाई लिस्ट दिनुहुन्छ। हामी त्यो लिस्ट कम्पनीलाई पठाउँछौ,’ च्यङलिङको भनाइ उद्धृत गर्दै थापाले भने । सुन्दर यातायातले सिचुवान गुवान अटोमोवाइल्सका बिजुली बस सञ्चालन गरिरहेको छ।

 

6110
Shares

ट्रेन्डिङ