सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा ३ लाख बढीले मतदान गर्न पाउने, कुन पालिकामा कति छन् मतदाता ?

काभ्रेमा ३ लाख बढीले मतदान गर्न पाउने, कुन पालिकामा कति छन् मतदाता ?

16660
Shares
काभ्रेमा ३ लाख बढीले मतदान गर्न पाउने, कुन पालिकामा कति छन् मतदाता ?

 

काभ्रे : निर्वाचन आयोगले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदाताहरूको अन्तिम टुंगो लगाएको छ ।

आज सार्वजनिक गरिएको मतदाता नामावलीअनुसार काभ्रेमा तीन लाख ३ हजार ५६० जना मतदाता रहेका छन् । जसमध्ये १ लाख ५४ हजार १८३ पुरुष र १ लाख ४९हजार ३७५ महिला मतदाता रहेका छन् ।

सबैभन्दा धेरै पनौती नगरपालिकामा १८ हजार ७८१ पुरुष र १९ हजार ३६४ महिला गरी ३८ हजार १४५ मतदाता रहेका छन् भने सबैभन्दा कम खानीखोला गाउँपालिकामा ५ हजार ४४३ पुरुष र ४ हजार ६५ महिला गरी १० हजार ३०९ मतदाता छन् ।

त्यस्तै बनेपा नगरपालिकामा ११ हजार ३४० पुरुष र १९ हजार २४१ महिला गरी ३७ हजार ५८१,धुलिखेल नगरपालिकामा १२ हजार ६४५ पुरुष र १२ हजार ६३ महिला गरी २५ हजार ५०,पाँचखाल नगरपालिकामा १४ हजार ९११ पु्रुष र १४ हजार ७८६ महिला गरी २९ हजार ६९७ जना मतदाताको नाम अन्तिम नामावलीमा समावेश भएको छ ।

त्यस्तै नमोबुद्ध नगरपालिकामा १३ हजार २९२ पुरुष र १२ हजार ६६० महिला गरी २५ हजार ९५२ र मण्डनदेउपुर नगरपालिकामा १४ हजार ६४५ पुरुष र १३ हजार ८६ महिला गरी २८ हजार ५३१ मतदाता छन् ।

त्यसैगरी चौँरी देउराली गाउँपालिकामा १० हजार ५६७ पुरुष र ९हजार ६२४ महिला गरी २० हजार १९१,तेमाल गाउँपालिकामा ११ हजार ३ पुरुष र १० हजार १०५ महिला गरी २१ हजार १०८,बेथानचोक गाउँपालिकामा ७ हजार २७६ पुरुष र ७ हजार २७५ महिला गरी १४ हजार ५५१ मतदाता छन् ।

त्यस्तै भुम्लु गाउँपालिकामा ८ हजार ९४५ पुरुष र ८ हजार ७ महिला गरी १७ हजार २४,महाभारत गाउँपालिकामा ६हजार ५४३ पुरुष र ५ हजार ७७ महिला गरी १२ हजार ४२० र रोशी गाउँपालिकामा ११ हजार ७९२ पुरुष र १० हजार ७५१ महिला गरी २२ हजार ५४३ मतदाताले आगामी स्थानीय तह चुनावमा मतदान गर्न पाउने छन् । काभ्रेमा १८९ वटा मतदान स्थल रहनेछ भने मतदान केन्द्र ३१ वटा रहने छन् ।

 

16660
Shares

ट्रेन्डिङ