सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • छपकैयामा रहेका अतिबिपन्न र गरिब ५०० घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण ।

छपकैयामा रहेका अतिबिपन्न र गरिब ५०० घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण ।

6520
Shares
छपकैयामा रहेका अतिबिपन्न र गरिब ५०० घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण ।

चैत्र २०, बिरगंज, सुनिल श्रेष्ठ । बिश्वमा कोरोना भाईरसको महामारी फैलिएको कारण नेपालमा पनि यसबाट बच्चको लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको पनि आज दसौ दिन भैइ सकेको अवस्थामा बिरगंज महानगर पालिका वडा न.२ मा गरिब , अतिबिपन्न र ज्यालादारी गर्दै गुजारा चलाउदै आईरहेकाहरुलाई एक छाक खान पनि धौ धौ भएकोले वडा न.२ का कार्यवाहक अध्यक्ष महमद खलिल अन्सारी ( वकिल) को पहलमा र वडा सदस्य मुस्तफा अन्सारीको समन्वयमा र बिरगंज महानगर पालिकाको सहयोगमा ५०० घरपरिवारका लागी खाद्यान्न सामाग्री घर घर पुगि बितरण गरेको थियो ।

छपकैया वडा न.२ को विभिन्न स्थान रहमद टोलमा ४२ घरपरिवारका लागि खाद्यान्न सामाग्री शेख अब्बास र महिला वडा सदस्य नेसा खातुनले बितरण गरेका थिए भने ओमशान्ति टोल , आखिरी मन्जिल र मुर्गा टोल गरि १२५ घरपरिवारहरुलाई खाद्यान्न सामाग्री वडा सदस्य मुस्तफा अन्सारी , महिला वडा सदस्य प्रेमा सिंहले बितरण गर्नु भएको थियो ।

त्यसैगरी श्रीराम हल चोक देखि पश्चिम एतिम खाना हुँदै वडा समितीको कार्यालय सम्म १०५ घरपरिवारहरुलाई खाद्यान्न सामाग्री शेख जलसोदिन र शेख समसादले बितरण गर्नु भएको थियो भने घुसुकपुर टोलमा ८५ जनालाई कार्यवाहक अध्यक्ष महमद खलिल अन्सारीले बितरण गर्नु भएको हो।मेस्तरटोलमा ४० घरपरिवारलाई , कोईरियाटोलामा ५५ घरपरिवारलाई , डाक्टर कोलोनी एरियामा २० घरपरिवारलाई , श्रीराम हल चोक वरिपरीका एरियामा ३० घरपरिवारलाई र नुनियाटोलामा ३० घरपरिवारलाई खाद्यान्न सामाग्री घर घर मै पुगि बितरण गरेको थियो ।खाद्यान्न सामाग्रीमा चामल -४ केजि , दाल ५०० ग्राम , तेल रानी २०० ग्राम , आयोनुन- १ केजि , बिस्कुट र चाउचाउ बितरण गरिएको वडा सदस्य मुस्तफा अन्सारीले बताए ।

खाद्यान्न बितरण कार्यक्रममा सहयोग गर्नु हुनेहरुमा वडा न.२ का कार्यवाहक अध्यक्ष महमद खलिल अन्सारी ( वकिल) , वडा सदस्य मुस्तफा अन्सारी , महिला सदस्य प्रेमा सिंह , महिला सदस्य नेसा खातुन , शेख अब्बास , शेख जलसोदिन, शेख सहजाद , समसाद अलि , शेख मुन्ना , सन्नी गुप्ता ,प्रदिप कुर्मी , राजु मगर , अब्जल समानी , सलाउदिन, प्रहरी र सन्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

6520
Shares

ट्रेन्डिङ