सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ठडेन्द्र आत्महत्या प्रकरण : काभ्रे प्रहरीकै शंकास्पद भुमिका,वडा अध्यक्ष सहित ३ जना २ दिनमै रिहा,शव अझै अस्पतालमै

ठडेन्द्र आत्महत्या प्रकरण : काभ्रे प्रहरीकै शंकास्पद भुमिका,वडा अध्यक्ष सहित ३ जना २ दिनमै रिहा,शव अझै अस्पतालमै

7210
Shares
ठडेन्द्र आत्महत्या प्रकरण : काभ्रे प्रहरीकै शंकास्पद भुमिका,वडा अध्यक्ष सहित ३ जना २ दिनमै रिहा,शव अझै अस्पतालमै

काभ्रे : काभ्रे प्रहरीले आत्महत्या दुरुउत्साहान मुद्धामा प्रहरीले जाहेरी बमोजिम तीन जनालाई गत विहिबार पक्राउ गरेको थियो । काभ्रे भुम्लु गाउँपालिका वडा नम्बर १ का वडा सहित ३ जनालाई घटना भएको १७ दिन पछि पक्राउ परेका थिए ।

पक्राउ परेको दुई दिनमै शुक्रबार जनप्रतिनिधिकै रोहवर र सरकारी वकिलको समर्थनको आडमा प्रहरीले छुटाए पछि काभ्रे प्रहरीको भुमिकामै प्रश्न चिन्ह खडा भएको छ ।

जनप्रतिनिधि र केही स्थानिय नै अपराधमा मुछिएको उजुरी पर्दा सम्म भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल आफैले बुझेर थुनामुक्त गर्नुमा पालिका अध्यक्षको भुमिकालाई समेत शंकाको नजरले हेर्न थालिएको छ ।

अपराध मुद्धामा जाहेरी हुँदासम्म पनि अदालतले दिएको ७ दिको समय सम्म पनि कुर्न किन आवश्यकता नठानेको होला ? कि पालिका अध्यक्षले अदालत लाई नै मान्नु नपर्ने हो ? या पालिका अध्यक्ष भुजेल नै जाहेरीका विरुद्ध गएका त हैनन् ? पालिका अध्यक्ष आफैँ अपराधको संरक्षणमा त लागेका छैन्नन ? भन्ने भुम्लुका स्थानीय बासीले प्रश्न खडा गरेका छन् ।

जनप्रतिनिधि र उच्च राजनैतिक सम्लग्नता भएका व्यक्ति सहितको जाहेरी आएकाले प्रहरीले आलटाल गर्दै घटना भएको ९ दिन पछि मात्र जाहेरी दर्ता गरेको हो । काभ्रे प्रहरीले वडा नं १ का अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य ,भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष दानकुमारी महत खत्री र ताराबहादुर पन्त लाई गत विहीबार पक्राउ गरेको थियो ।

भुम्लु वडा नं १ का वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष दानकुमारी महत खत्री र ताराबहादुर पन्त विरुद्ध आत्महत्या दुरुत्साहानमा मृतक ठडेन्द्रबहादुर पन्थका छोरा शेरबहादुर पन्थले दिएका हुन ।

पक्राउ परेको दुई दिनमै प्रहरीले थुनामा राख्नु नपर्ने निष्कर्ष सहित जिल्ला सरकारी वकिलको कार्यलयमा राय राखे पछि प्रहरीले थुनामा रहेका तिनै जनालाई थुनामुक्त असार२९ गते शुक्रबार नै गरेको छ ।

असार १० गतेको घटना भएपनि प्रहरीले उजुरी दर्ता ९ दिन पछि असार १९ गतेमात्र दर्ता गरेको थियो । उजुरी दर्ता गर्न ९ दिन समय लगाएको प्रहरीले स्थानिय जनप्रतिनिधि भएकैले होला पक्राउ गर्न नै १७ दिन लगाएको प्रहरीले किन अदालतको ७ दिनको म्याद सम्म अनुसन्धान नै नगरी अदालतको म्यादलाई बेवास्था गर्दै पक्राउ गरेको दुई दिनमै थुनामुक्त गरेपपछि प्रहरीको भुमिकामा सबैले शंकाको दृष्टिले हेरिरहेका छन ।

प्रहरीले जे प्रतिवेदन गर्यो सोहिलाई समर्थन गर्दै जिल्ला सरकारी वकिल कार्यलयका प्रमुख तथा महान्यायाधिवक्ता शम्भु बस्नेतले समर्थन गर्न आखिर किन बाद्य भयो ? साथै पक्राउ परेको दुई दिनमै आफ्नैले बुझिलिएर थुनामुक्त गर्नु पर्ने भुम्लु गाउपालिका अध्यक्ष प्रेम बहादुर भुजेललाई किन हतारो थियो भन्ने कुरामा चौतर्फी आलोचना सुरु भएको छ । उता ठडेन्द्रको शव २१ दिन देखि अझै धुलिखेल अस्पतालमै राखिएको छ।

असार १० गते बिहान ६ बजे भुम्लु गाउँपालिकाको सापिङ्ग स्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्तले रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । ठडेन्द्रबहादुर पन्तको श्रीमती भोजकुमारी बानियाँ पन्तको नाममा दर्ता भएको पुरै कित्ता जग्गा मध्ये ३ आना जग्गा महिला कृषि सहकारलाई दिने सहमति भई बैना बापत ३० हजार भुक्तानी भएको थियो ।

३ लाख रुपैयाँमा महिला कृषि सहकारीले खरिद गरेको जग्गाको बाँकी २ लाख ७० हजार रुपैयाँ भुक्तानी नगरी पटक पटक भवन निर्माण सुरुको गरेको थियो।जग्गा पास गरिदिन्छु बाँकी रकम दिनु भन्दा बेवास्ता गर्दै उल्टै महिला कृषि सहकारीका अध्यक्ष ,वडा अध्यक्ष लगायतले धम्की दिन थाले पछि ठडेन्द्र विक्षिप्त भएका उनले आत्महत्या रोजेको भन्दै ठडेन्द्रका छोरो शेरबहादुरले वडा अध्यक्ष सहित ३ जनाविरूद्ध जाहेरी दिएका थिए ।

वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले असार ८ गते ठडेन्द्रलाई भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लब्सिको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेर धम्कि दिएका थिए । सोहि धम्कि दिएको पर्सिपल्ट जग्गाकै छेउमा रहेको लब्सिको रुखमा झुन्डिएको अवस्थामा ठडेन्द्रको शव फेला परेको थियो ।

‘वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले असार ८ गते भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लप्सीको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेर धम्की दिएको र सोहि धम्किले गर्दा नै आफ्नो काकाले आत्महत्या गर्न बाध्य भएको र उहाको शब जलाउन सम्मपनि आफुहरुसंग खर्च नभएकोले सहयोगी हातहरुको खोजि गरिरहेको मृतकका भतिज रोमबहादुर पन्तले सबैको समाचार संग भने’ ।

 

7210
Shares

ट्रेन्डिङ