सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • टिपरको ठक्करबाट मामा–भान्जाको मृत्यु

टिपरको ठक्करबाट मामा–भान्जाको मृत्यु

825
Shares
टिपरको ठक्करबाट मामा–भान्जाको मृत्यु

दाङ । दाङ टिपरको ठक्करबाट मोटरसाइकलमा सवार मामा–भान्जाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–४ बाङ्गे का १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका–६ लुङ का १८ वर्षीय सागर केसी रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।दाङको घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा१क १३०७ नम्बरको टिप्परले रा२प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीले टिपर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिएको छ ।

825
Shares

ट्रेन्डिङ