सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बर्दियामा आक्रोशित समूहले गर्यो सप्लार्यसमा आगजनी

बर्दियामा आक्रोशित समूहले गर्यो सप्लार्यसमा आगजनी

4920
Shares
बर्दियामा आक्रोशित समूहले गर्यो सप्लार्यसमा आगजनी

बर्दिया । आफन्तले ज्यान गुमाएपछि उचित क्षतिपुर्ति नपाएको भन्दै आक्रोशित भिडले बर्दियाको राजापुर ६ टपरामा रहेको न्यू वर्षा सप्लार्यसमा आगजनी गरेको छ । दुर्घटनामा ज्यान गुमाएका आफन्तहरुले आफुहरुको मागको उचित सम्बोधन नभएको भन्दै आगजनी गरेका हुन् ।

आगलागीबाट ८६ लाख ६० हजार ५ सय बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी मिन बहादुर घलेले जानकारी दिए ।

गत वैशाख ३० गते भे १ च ३४३१ नम्बरको डेलीभरी भ्यान र से ५ च ४३३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक राजापुर नगरपालिका वडा नम्बर ६ महादेउलीका ३८ वर्षका सोमनाथ थारुको ज्यान गएको थियो । भ्यान चालक हिमाल गौतमलाई अहिले जिल्ला अदालतले १ लाख २० हजार धरौटीमा तारेखमा छोडेको छ ।

4920
Shares

ट्रेन्डिङ