सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • साँगा खानेपानि आयोजनाको काम सुरु

साँगा खानेपानि आयोजनाको काम सुरु

5630
Shares
साँगा खानेपानि आयोजनाको काम सुरु

काभ्रे : काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ र १४ मा संयुक्त खानेपानि आयोजनाको काम सुरु भएको छ । सविकको नासिकास्थान गाविसका नागरिकलाई खानेपानि पुर्याउने उदेश्यले आयोजनाको काम सुरु गरिएको वडा नमबर १३ का वडा अध्यक्ष सुर्य नारायण नापितले बताउनुभयो ।

उहाँका अनुसार करिब १० करोडको लागतमा निमार्ण हुने साँगा खानेपानि आयोजनाको कामका लागी लागी नगरपालिकाले समेत सहकार्य गरेको छ । उक्त खानेपानि आयोजना बाट करिब १५ सय घरधुरी लाभान्वित हुने वडा अध्यक्ष सुर्य नारायण नापितलेजानकारी दिनुभयो ।

यसैबिच चालु आर्थिक वर्ष सुरु भए संगै वडा नम्बर १३ मा नयाा योजना कार्यन्वयन सुरु भएको छ । ५० लाख भन्दा कमका योजनाहरु उपभोक्ता समिति मार्फत र त्यो भन्दा माथीमा योजनाहरु टेन्डर प्रक्रिया मार्फत कार्यन्वयन गरिने वडा अध्यक्ष नापितले बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष वडामा करिब २० ओटा उपभोक्ता समिति मार्फत र ३ ओटा टेन्डर प्रक्रिया मार्फत सम्पन्न गर्नु पर्ने योजनाहरु रहेका छन् । हाल सम्म ३ ओटा नगरस्तरीय र ३ ओटा वडा स्तरीय योजनाका लागी ३ उपभोक्ता समिति गठन भईसकेको छ ।

5630
Shares

ट्रेन्डिङ