सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • घाईतेको मृत्युपछि काभ्रे पात्लेखेतको स्थीति तानवपुर्ण, प्रहरीद्धारा अश्रुग्यास प्रहार

घाईतेको मृत्युपछि काभ्रे पात्लेखेतको स्थीति तानवपुर्ण, प्रहरीद्धारा अश्रुग्यास प्रहार

6705
Shares
घाईतेको मृत्युपछि काभ्रे पात्लेखेतको स्थीति तानवपुर्ण, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काभ्रे , पुस १८: गत आइतबार विपि राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेत सडक खण्डमा बसको ठक्करबाट घाईते भएकी फुलमाया तामाङको मृत्यु भएपछि स्थानिय आक्रोसित भएका छन् ।

तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा मंगलबार विहान मृत्यु भएपछि पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै बिपि राजमार्गको धुलिखेल भकुण्डे सडक खण्ड अबरुद्ध पारेका छ्न । स्थानियको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ । साथै प्रहरीले बल प्रयोग गरि स्थानियले अबरुद्ध पारेको राजमार्ग खुलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

यसैबिच स्थानियले पिडित पक्षको कुरा नसुनी घर घरमै पसेर प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन् । उचित क्षतिपूर्तिविना आफुहरु चुप लागेर बस्न नसकिने उनिहरुको भनाई छ । गत आईतबार बा ३ ख ५९५५ नम्बरको बसबाट ओर्लिनेक्रममा तामाङलाई सोही बसले ठक्कर दिएको थियो ।

6705
Shares

ट्रेन्डिङ