सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीको अघोषित सिन्डिकेट

वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीको अघोषित सिन्डिकेट

4945
Shares
वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीको अघोषित सिन्डिकेट

वीरगञ्ज, माघ १२ः वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले अघोषित सिन्डिकेट शुरू गरेका छन् । सुक्खा बन्दरगाहबाट वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरसम्म कन्टेनर ढुवानीमा संलग्न व्यवसायीले अघोषित सिन्डिकेट थालेका हुन् ।

ढुवानी व्यवसायीले भाडा बढाएर आलोपालो अपनाएपछि कोरिडोरका उद्योगीले यसको विरोध गरेका छन् । व्यवसायीहरूले विगतको तुलनामा भाडा बढाएर आलोपालो प्रणाली थालेकाले ढुवानीको लागत बढेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।

व्यवसायीले सुक्खा बन्दरगाहदेखि परवानीपुर, जितपुर र सिमराको पुरानो भाडादरमा ३ हजार ५ सय रुपैयाँका दरले वृद्धि गरेका छन् । यसअघि २० फिटको कन्टेनरमा २२ मेट्रिकटन (मेट) मालसामान परवानीपुरसम्म पु¥याएको भाडा ८ हजार रुपैयाँ थियो । जितपुरसम्मको १० हजार र सिमराको १२ हजार रुपैयाँ तोकिएको थियो । यो भाडा दरमा ३ हजार ५ सय रुपैयाँका दरले वृद्धि भएको छ ।

एक दर्जन व्यवसायीले नयाँ भाडादर तोकेर सूचना निकालेका छन् । भाडा बढाएर आलोपालो लगाएपछि माघ ५ गतेदेखि नयाँ भाडादरमा कन्टेनर ढुवानी भइरहेको छ ।

सुक्खा बन्दरगाह भन्सारबाट कन्टेनर जाँचपास भएको भोलिपल्ट साँझ ५ बजेसम्म ट्रक खाली नभएमा प्रतिदिन २ हजार रुपैयाँका दरले डिटेन्सन लाग्ने पनि व्यवसायीको सूचनामा उल्लेख छ ।

समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै वीरगञ्ज सुक्खा बन्दरगाहसम्म ल्याइएका कन्टेनर ढुवानी व्यवसायीले कोरिडोरका उद्योगसम्म पु¥याउँछन् । भारतबाट रेलमार्पmत आएका औद्योगिक कच्चा पदार्थ पनि ट्रकले कोरिडोरका उद्योगसम्म ओसार्छन् ।

ढुवानीमा संलग्न व्यवसायीले आपसमा मिलेमतो गरी भाडा बढाएको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका पूर्वअध्यक्ष अशोककुमार टेमानीले बताए । ‘ढुवानी व्यवसायीको अवैध मिलेमतोले उत्पादनको लागत बढ्ने निश्चित छ । सरकारले व्यवसायको आवरणमा मौलाएको दादागिरीविरुद्ध तत्काल कडा कदम चाल्नुपर्छ,’ टेमानीको माग छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

4945
Shares

ट्रेन्डिङ