सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • भक्तपुरमा दसैंतिहार सस्तो बजार सुरु

भक्तपुरमा दसैंतिहार सस्तो बजार सुरु

5500
Shares
भक्तपुरमा दसैंतिहार सस्तो बजार सुरु

भक्तपुर : अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्शमा सोमबारदेखि दसैंतिहार सस्तो बजार २०७८ सुरु भएको छ। आदर्शस्थित सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा सूर्यविनायक हरित कृषि थोक तथा दसैं तिहार सस्तो बजार २०७८ सोमबारदेखि सुरु भएको हो।

बजार असोज १८ गतेदेखि २५ गतेसम्म हुने जनाइएको छ। यस अवसरमा दैनिक साँझ विभिन्न व्याण्डहरु ल्याई सांगीतिक कार्यक्रम पनि हुने जनाइएको छ।

सूर्यविनायक हरित कृषि थोक बजार प्रालिका संस्थापक अध्यक्ष राकेश प्रसाईले दसैं तिहारमा आवश्यक सवै सामान एउटै छानामुनि सजिलैसँग पाउन सकिने बताए। साथसाथै दैनिक साँझ साँस्कृतिक कार्यक्रम पनि हुने उनले जनाए।

दसैंका लागि आवश्यक सबै सामान एउटै छानामुनि पाइयोस् भनेर बजार सञ्चालन गरेको उनले सुनाए। अरुबेला तरकारी मात्रै पाइने यो बजारमा यस अवसरमा तरकारीका साथै नुनदेखि सुनसम्मका सबै सामानहरु सस्तो मूल्यमा पाइने जनाइएको छ।

तरकारी बजारका व्यवस्थापक दिनेश खाताखोले मेलामा तरकारीका साथै लत्ताकपडालगायतका सम्पूर्ण सामानहरु पाइने र बाल मेला पनि हुने बताए। बजारमा प्रवेश भने निःशुल्क रहेको जनाइएको छ।

केही महिना अगाडिदेखि त्यहाँ नेपालकै ठूलो तरकारी बजार सञ्चालित छ। अरनिको राजमार्गसँग जोडिएको यो तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ।

सस्तो बजार २०७८ को उद्घाटन साँझा बजार रहेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापाले गरेका थिए। कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापति, महानगरीय प्र ह री बृत जगाती भक्तपुर इन्सपेक्टर राजेश थापालगायतले उद्घाटन मन्तव्य राखेका थिए। कार्यक्रमपछि साँस्कृतिक साँझ भएको थियो। त्यस क्रममा रक व्याण्डका कलाकारहरुले प्रस्तुति दिएका थिए।

5500
Shares

ट्रेन्डिङ