सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जवाद चक्रवातको असर नेपालमा : कुन क्षेत्रमा कस्तो असर पर्ला ?

जवाद चक्रवातको असर नेपालमा : कुन क्षेत्रमा कस्तो असर पर्ला ?

3140
Shares
जवाद चक्रवातको असर नेपालमा : कुन क्षेत्रमा कस्तो असर पर्ला ?

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्य पश्चिम भुभागमा हिजो शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ।

सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पुर्व तर्फ सर्ने देखिएको मौसमविद्ले जनाएको छ। सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने संभावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज रातीबाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ । भोलि आइतबार बाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ।

सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आईतबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू(भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

सोमबार सो प्रणाली ले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आईतबार राती र सोमबार दिउसो सो प्रणालीका कारण सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरुका एक/दुई स्थानहरूमा भारी हिमपातको समेत संभावना रहेको छ।सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने संभावना रहेको छ।

यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई र यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।

3140
Shares

ट्रेन्डिङ