सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकमा बस दु र्घटना

सिन्धुपाल्चोकमा बस दु र्घटना

15260
Shares
सिन्धुपाल्चोकमा बस दु र्घटना

 

सिन्धुपाल्चोकमा विवाहको जन्ती लिन गएको बस दु र्घटनामा परेको छ ।

बा २ ख ५६१४ नम्बरको बस बलेफी गाउँपालिका वडा नम्बर ४ बिन्जेल,माझगाउ नजिकै दु र्घटना भएको हो । बस सडकबाट १५० मिटर तल पुगेको स्थानीयले बताएका छन् ।

बसमा रहेका मध्ये एक जनाको घ ट नास्थलमै नि धन भएको छ ।

अन्य घा इ तेहरुको सिन्धु सदावहार अस्पतालमा खाडिचौरमा उपचारका लागि लगिएको स्थानीय विनोद नेपालले जानकारी दिनुभयो ।

बलेफी गाउँपालिका वडा नम्बर ५ का स्थानीय सन्तोष भुजेलको भोलि काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा जन्ती लिएर जानको लागि बस कोठेबाट बिन्जेल तर्फ जाँदै थियो ।

बसमा बेहुला पक्षका आफन्त सवार रहेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

15260
Shares

ट्रेन्डिङ