सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बालकुमारी घटनाबारे छिटो छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

बालकुमारी घटनाबारे छिटो छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

555
Shares
बालकुमारी घटनाबारे छिटो छानबिन गर्न प्रधानमन्त्रीको  निर्देशन

काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुने गरी भएको घटनाको प्रधानमन्त्री प्रचण्डले जानकारी लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षामा खटिएका अधिकारीहरूलाई बालुवाटार बोलाएर घटनाबारे ब्रिफिङ लिएको उनको सचिवालयले जनाएको छ ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए ।

प्रधानमन्त्रीले घटना आकस्मिक र दु:खद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिए ।

555
Shares

ट्रेन्डिङ