सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपाल बुद्धिजिवी परिषद काभ्रेको अधिबेशन सम्पन्न,अध्यक्षमा डा.अम्बु भवानी कार्की चयन

नेपाल बुद्धिजिवी परिषद काभ्रेको अधिबेशन सम्पन्न,अध्यक्षमा डा.अम्बु भवानी कार्की चयन

6780
Shares
नेपाल बुद्धिजिवी परिषद काभ्रेको अधिबेशन सम्पन्न,अध्यक्षमा डा.अम्बु भवानी कार्की चयन

 

नेपाल बुद्धिजिवी परिषद काभ्रेको नवौँ जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

 

नेकपा एमाले सम्बद्ध बुद्धिजीवीहरू भेला शनिबार पार्टी कार्यालय बनेपामा सम्पन्न भएको हो ।

 

बुद्धिजिबी परिषद केन्द्रिय उपाध्यक्ष कबिता लुइटेलको प्रमुख आतिथ्यता र एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको विशेष आतिथ्यतामा भएको कार्यक्रममा अतिथीहरु केन्द्रिय सह कोषाध्यक्ष टीका ढकाल, एमाले सचिवालय सदस्य रामशरण दाहाल, एमाले सचिवालय सदस्य प्रकाश रोक्का लगायत रहेका थिए ।

 

भेलाले डा. अम्बु भवानी कार्कीको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा वीर वहादुर थापा,सचिवमा अधिवक्ता रामशरण घिमिरे,सहसचिवमा भिमशेन के.सीलाई चयन गरेको छ ।

 

त्यसैगरी कोषाध्यक्षमा केशव काफ्ले,सदस्यहरुमा निर्मला सापकोटा, बद्रि तिमल्सिना,सत्य नारायण श्रेष्ठ,वसन्त नेपाल,राजदाश काफ्ले,शिब बञ्जारा,केशव थापा,देविन प्रधान र अनन्त पराजुली रहेका छन् ।

 

6780
Shares

ट्रेन्डिङ