सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेको मण्डनदेउपुर नगरपालिकाद्वारा शिक्षामा थप नयाँ पनको सुरूवात

काभ्रेको मण्डनदेउपुर नगरपालिकाद्वारा शिक्षामा थप नयाँ पनको सुरूवात

3285
Shares
काभ्रेको मण्डनदेउपुर नगरपालिकाद्वारा शिक्षामा थप नयाँ पनको सुरूवात

 

काभ्रे : नगरपालिकामा निर्वाचित भएदेखि नै सिँगो नगरको शिक्षालाई विशेष प्राथमिकता दिँदै आउनु भएका काभ्रेको मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबाले थप नयाँ पनको सुरूवात गरेको छ ।

नगरपालिकाले विद्यालयबीच राम्रा अभ्यासहरूको आदानप्रदान कार्यक्रमको सुरुवात गरेको हो ।

नगरपालिकाले नमूना बिद्यालय बिकासका लागि प्रस्ताव गरेको महाकाली, पञ्चकन्या र कालीदेबी माध्यामिक विद्यालय र अन्य दुई बिन्धबासिनी, ब्रम्हायणी माध्यामिक विद्यालय गरि जम्मा ५ बिद्यालय बीच राम्रा अभ्यासहरू साटासाट गरिएको हो ।

राम्रा अभ्यासहरूको आदान प्रदान कार्यक्रमको आयोजना वडा नम्बर ४ मा रहेको महाकाली माध्यामिक विद्यालयले गरेको थियो ।

कार्यक्रममा ५ वटै विद्यालयहरूले अडियाे र भिडिओको माध्यमबाट आ-आफ्ना विद्यालयको राम्रा अभ्यासहरू एक अर्का बीच आदान प्रदान गरेको महाकाली माध्यामिक विद्यालयका प्रधानाध्यापक वहशिव कुमार पौडेलले बताउनुभयो ।

‘एक अर्कामा सिक्ने र सिकाउने ठूलाे अबसर प्राप्त भयो । सबै विद्यालयहरू हातमा हात मिलाई काम गरेमा अबस्य शैक्षिक सुधार हुनेमा हामी आशाबादी बनेका छाैँ । प्रधानाध्यापक पौडेलले भन्नुभयो ।’

विद्यालयको राम्रा अभ्यास आदनप्रदान कार्यालयमा नगरप्रमुख टोक बहादुर वाईबा प्रमूख अतिथी हुनुहुन्थ्यो । त्यस्तै नगरपालिकाको शिक्षा शाखा प्रमुख लाेकेन्द्र विष्ट, वडाध्यक्षहरू र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संघ (पिटिए) का अध्यक्ष र एक सक्रिय शिक्षक सहभागी भएका थिए ।

 

3285
Shares

ट्रेन्डिङ