सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बसपार्क सामूहिक ब लात्का र : समातिए विदेश उड्न लागेका आरोपी

बसपार्क सामूहिक ब लात्का र : समातिए विदेश उड्न लागेका आरोपी

3435
Shares
बसपार्क सामूहिक ब लात्का र : समातिए विदेश उड्न लागेका आरोपी

 

काठमाडौं । प्र ह री प्रभाग, बसपार्कमा मंगलबार बिहान ११ बजेतिर ३३ वर्षीया महिला आइन्, उनको कुरा सुनेर काठमाडौं प्र ह री परिसर, टेकुका प्रमुख एसएसपी सुदीप गिरी आफैं बसपार्क पुगे ।

महानगरीय अपराध अ नु सन्धा न महाशाखा, बानेश्वरको टोली पनि अ नुस न्धानमा खटियो ।

‘एक जना महिलाले आफूमाथि रातभरि १० जनाले ब ला त्कार गरेको बताएपछि प्र ह री संवे द न शील भएको थियो’ एसएसपी गिरी भन्छन्, ‘सुरुमा पी डि तलाई उपचारका लागि अस्पताल लैजान भन्यौं र अनुसन्धान थाल्यौं ।’ पी डि तलाई थापाथलीस्थित प्रसुति गृहमा लगेर प्र ह रीले मानिसक तथा शारीरिक स्वास्थ्य परीक्षण गरायो ।

चिकित्सकले सोधपुछ गरेर अनुसन्धान गर्न मिल्ने अवस्था रहेको बताएपछि उनी डिस्चार्ज भइन् । शं कास्पद होटलको क्लोज सर्किट (सीसी) क्यामराको विश्लेषणका आधारमा अनुसन्धान सुरु भयो ।

दुबई उड्न लागेका व्यक्ति विमानस्थलमा समातिए
महिलाको बयानअनुसार उनी सोमबार सुर्खेतबाट काठमाडौं आएकी थिइन् । बसपार्कमा एक जना व्यक्तिले उनलाई भेटेर काम दिलाइदिने आवाश्वसन दिए ।

‘ती व्यक्तिको नम्बर उनले एउटा चिर्कटोमा राखेकी रैछिन्’ अ नु सन्धानमा संलग्न काठमाडौं प्र ह रीका एक अधिकृत भन्छन्, ‘पीडितले खबर गर्नेवित्तिकै बसपार्क प्र ह रीले त्यही नम्बरमा फोन गरेछ, त्यसयता त्यो नम्बर बन्द छ ।’ स्रोतका अनुसार त्यो नम्बर रातभर बसपार्क क्षेत्रमै देखिएको छ ।

हालसम्म प्र ह रीले त्यो नम्बरका व्यक्तिलाई त प क्रा उ गर्न सकेको छैन । तर सीसी क्यामरा विश्लेषणका आधारमा ९ जनालाई प क्रा उ गरिसकेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बसपार्कका शं का स्पद होटलहरुको सीसी टिभी फुटेज हेर्दा एउटामा पी डि त महिला देखिइन् ।

‘सँगै रहेका पुरुषलाई देखाएर सोध्दा उनले अन्तिममा आफूमाथि करणी गर्ने व्यक्ति त्यही भएको बताइन्’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘त्यसपछि त्यो हुलियाको व्यक्तिबारे अनुसन्धान गर्दा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको खुल्यो ।’

प्र ह रीका अनुसार ती अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ का गोपालकुमार शिरिष थिए । ‘उनको राति ११ बजेको फ्लाइट रहेछ, ब ला त्का रमा संलग्न देखिएपछि विमानस्थलबाटै समातेर ल्यायौं’ स्रोत भन्छ ।

सीसी टीभी फुटेजकै आधारमा अ नु सन्धान गरिरहँदा थप व्यक्तिहरु पनि प क्रा उ पर्दै गए । ‘प क्रा उ पर्नेका बयानबाट हेर्दा घ ट ना तीन वटा ठाउँमा भएको देखिन्छ’ एसएसपी गिरी भन्छन्, ‘दुई वटा होटल पुष्टि भइसकेको छ, थप एक ठाउँ स्पष्ट भइसकेको छैन ।’

अ नु सन्धानमा संलग्न अधिकृतका अनुसार यो घ ट नामा संलग्न एक जना अझै फरार छन्, उनको व्यवस्थापनमा विभिन्न व्यक्तिलाई ती महिलासमक्ष पुर्‍याइएको हुनसक्छ ।

‘तर सबैको बयान र पी डि तको भनाइलाई जुधाएर अनुसन्धान हुन बाँकी रहेकाले अहिल्यै भनिहाल्न हतार हुन्छ’ ती अधिकृत भन्छन्, ‘बयानलाई वस्तुस्थितिले भेरिफाइ गर्न पनि बाँकी छ ।’

हिरासतमा राखेर विस्तृत अनुसन्धान हुन्छ : मैनाली
काठमाडौं प्रहरीका प्रवक्ता दिनेशराज मैनाली प क्रा उ परेका ९ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएर विस्तृत छानविन हुने बताउँछन् ।

‘अझै धेरै विषय खुल्छ बाँकी छ, प्र ह रीले सं वे द न शील भएर छानविन गरिरहेको छ’ मैनाली भन्छन्, ‘यो घ टनामा काठमाडौं प्र ह री सुरुदेखि नै गम्भीर भएर लागेकै कारण २४ घन्टामै सबै आरोपित समातिएका छन् ।’

उनका अनुसार प क्रा उ परेका अधिकांश विदेश जाने तयारी गरिरहेकाहरु छन् । ‘कोहीको भिसा लागेको छ, कोही प्रोसेसका लागि आएका थिए’ उनले भने ।

मैनालीका अनुसार प क्रा उ पर्नेमध्ये हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजवाल, दीपक नेपाली, शिवहरि बुढा, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद गरी ८ जना मुगुका हुन् । गोपाल शिरिष चाहिँ अर्घाखाँचीका हुन् ।

 

3435
Shares

ट्रेन्डिङ