सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एमाले सङ्खुवासभा अध्यक्षमा घिमिरे

एमाले सङ्खुवासभा अध्यक्षमा घिमिरे

3465
Shares
एमाले सङ्खुवासभा अध्यक्षमा घिमिरे

 

किमाथाङ्का, २८ पुस : नेकपा (एमाले) सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।

दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले आज घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । अघिल्लो कार्यसमितिका अध्यक्ष रहेका घिमिरेलाई पुनःअध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दाबे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । उपसचिव खड्का नेकपा (माओवादी) केन्द्रबाट केही दिनअघि एमालेमा प्रवेश गर्न भएको थियो ।

बुधबार साँझसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको हो । सोमबारदेखि सुरू भएको आठौँ जिल्ला अधिवेशनमा एक हजार जना भन्दाबढी प्रतिनिधिको सहभागिता रहेको थियो ।

नवनिर्वाचित पदाधिकारीलाई बुधबार साँझ नै पद तथा गोपनीयताको शपथ गराइएको निर्वाचन समितिका प्रमुख भविश्वर गुरुङले बताउनुभयो ।

 

 

3465
Shares

ट्रेन्डिङ