सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मधेस प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

मधेस प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

2805
Shares
मधेस प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

 

वीरगन्ज : मधेसको राजधानी जनकपुर तोकिएपछि विरोधमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा ढुंगा प्र हा र गरेको छ ।

ढुंगा प्र हा रले घरको सिसा फु टेको प्र ह रीले जनाएको छ ।

प्रदेशसभाबाट सोमबार प्रदेश २ को राजधानी जनकपुर निर्धारण भएपछि साँझ वीरगन्जको घन्टाघर चोकमा मुख्यमन्त्रीको पुत्ला जलाइएको थियो ।

वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २ बजेदेखि मोटरसाइकल र्‍यालीको आयोजना गरेको थियो । हातमा कालोपट्टी बाँधेर निस्किएको र्‍याली पावरहाउस चोकतर्फ जाने क्रममा राधेमाईस्थित मुख्यमन्त्रीको घरतर्फ मोडिएको थियो ।

र्‍यालीमा सहभागी एक युवाले ढुंगा प्र हा र गर्दा घरको सिसा फुटेको जिल्ला प्र ह री कार्यालय पर्साले जनाएको छ । प्र ह री नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार र्‍याली पावरहाउस जाने जानकारी गराइएको थियो ।

‘पावर हाउसतर्फ जाने क्रममा अचानक र्‍यालीबाट केही युवाहरु राधेमाईतर्फ मोडिएका थिए,’ प्र ह री प्रवक्तासमेत रहेका खनालले भने, ‘भिडमा रहेका एक युवाले ढुंगा प्र हा र गरेको पाइएको छ, ढुंगा प्र हा रले दुईवटा सिसामा प्वाल परेका छन् ।’

सीसीटीभीमा ढुंगा प्र हा र गर्ने युवकको पहिचान भइसकेको डिएसपी खनालले बताए । उनले भने, ‘ढुंगा प्र हा र गर्नेलाई नियन्त्रणमा लिएका छौं ।’

 

2805
Shares

ट्रेन्डिङ