सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त, अश्रुग्यास र पानीको फोहोरा प्रहार

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त, अश्रुग्यास र पानीको फोहोरा प्रहार

7030
Shares
बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त, अश्रुग्यास र पानीको फोहोरा प्रहार

 

 

काठमाडौं, १२ फागुन: नयाँ बानेश्वरमा एमसीसी सम्झौताको विरोध गर्न पुगेका सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन आईसीएललगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

 

 

माओवादी केन्द्रलगायत राप्रपा नेपाल तथा अन्य दलका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीले लगाएको ब्यारिकेड तोड्न खोजेपछि प्रहरीले भीडलाई तितरबितर बनाउनका लागि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको हो ।

 

अहिले बानेश्वरमा प्रहरी र प्रदर्शनकारी बीच ढुंगा हानाहान भइरहेको छ । प्रदर्शन उग्र हुँदै गइरहेको छ । प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरी सकेको छ ।

 

7030
Shares

ट्रेन्डिङ