सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

बनेपामा नाट्यकर्मीको तीज

5105
Shares
बनेपामा नाट्यकर्मीको तीज

बनेपा, ११ भदौ । बनेपा बसपार्कमा नाट्यकर्मी महासंघको तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारी नाट्यकर्मी महासंघ नेपाल काभ्रेले विविध साँस्कृतिक कार्यक्रमसहित कार्यक्रम सम्पन्न गरेको हो । कलाकारहरुको हक हितको लागि स्थापित नाट्यकर्मी महासंघ काभ्रेले वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सापकोटाले नाट्यकर्मी महासंघले गदै आएको क्रियाकलापहरुले कलाकारहरुको प्रतिभा प्रष्फुटनमा विशेष योगदान पुग्ने बताएका थिए भने विशेष अतिथि बनेपा नगरपालिकाका उप प्रमुख रेखा सापकोटा दाहालले महिलाहरुको तीज पर्वको महत्व बारे धारणा राख्दै तीज गीत गाउँदै दर्शकहरुलाई कम्मर मर्काइ मर्काइ नचाउन सफल भएका थिए ।कार्यक्रममा नाट्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष विजय विष्फोट, केन्द्रिय सदस्य कमल दाहालले कलाकारहरुको हकहित तथा सामाजिक सुरक्षाका लागि महासंघले गरेको प्रगति बारे धारणा राखेका थिए । दर्शकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, राप्रपा काभ्रेका सचिव राजेन्द्र के.सी., नाट्यकर्मी महासंघका केन्द्रिय महासचिव राजेन्द्र रिमाल, प्रेस युनियनका अध्यक्ष कपिल कोईराला, मानव अधिकारवादी भोजराज तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि सापकोटा तथा उनकी जीवन संगिनी सरस्वति सापकोटाले कार्यक्रममा सबैलाई नाच्न बाध्य बनाएका थिए । त्यस्तै कलाकार तथा निर्देशक कमल दाहाल, रामहरि न्यौपाने, लोक गायक मदन विष्ट, एमकुमार मल्ल, शशीशेखर बुढाथोकी, विशाल थिङ, प्रिती संगिता, मियाङ लामा, सावित्री मगर, विक्रम गौतम, नितु पौडेल, रन्जन कटुवाल लगायतले आफ्न गीत मार्फत दर्शकहरुलाई नचाएका थिए ।

त्यसै गरी स्मृति नापित, रोजा पराजुली, अनुष्का राजभण्डारी, निसा लामा, सरु मगर भोला दाहल, सबिना हुमागाई लगायतले लगायतले आकषर््क नृत्य प्रस्तुत गरेका थिए । चर्चित हाँस्यकलाकार भगवान खत्रीले दर्शकहरुलाई पेट मिची मिचि हँसाएका थिए । त्यस्तै गणेश के.सी.को प्रस्तसति समेत आकर्षक रहेको थियो ।विगत केहि वर्ष देखि हरेक वर्ष तीजको दिन नाट्यकर्मी महासंघ काभ्रेले बनेपा बसपार्कमा कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रमको सभापतित्व महासंघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्दले गरेका थिए भने कार्यक्रम संचालन सनम सुवाल र पुजन धितालले गरेका थिए । बनेपा बसपार्कमा सम्पन्न उक्त तीज बिशेष कार्यक्रममा ठूलै झरीको समेत परवाह नगरी हजारौं हजार दर्शकहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

5105
Shares

ट्रेन्डिङ