सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालमा निर्वाचन अवरुद्ध,स्थिती असामान्य

काभ्रेको पाँचखालमा निर्वाचन अवरुद्ध,स्थिती असामान्य

7640
Shares
काभ्रेको पाँचखालमा निर्वाचन अवरुद्ध,स्थिती असामान्य

काभ्रेको पाँचखालमा पनि निर्वाचन अवरुद्ध भएको छ । पाँचखाल नगरपालिका वडा नं १३ मा विवाद सृजना भएपछि निर्वाचन अवरुद्ध भएको हो ।

नेपाली काँग्रेसका केहि व्यक्तिहरुले निर्वाचन स्थलमा तोडफोड समेत गरेका छन् । श्रीराम माध्यामिक विद्यालयमा रहेका बुथमा तोडफोड र झडप भएको हो ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् ।

आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा झडप भएको बताए ।

7640
Shares

ट्रेन्डिङ