सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • महँगोमा गुणस्तरहीन चामल खरिदः कमिसन चक्करमा ५ करोड घोटालाको खेल

महँगोमा गुणस्तरहीन चामल खरिदः कमिसन चक्करमा ५ करोड घोटालाको खेल

5135
Shares
महँगोमा गुणस्तरहीन चामल खरिदः कमिसन चक्करमा ५ करोड घोटालाको खेल

काठमाडौं, २२ भदाै । कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ ।

खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल गरेर महँगोमा चामल खरिद गरेका हुन् । बजारमा प्रतिक्विन्टल ५ सय रुपैयाँ सस्तो मूल्यमा पाइने चामललाई ५ सय रुपैयाँभन्दा बढी मूल्य तिरेर खाद्य कम्पनीले १ लाख क्विन्टल चामल खरिद गरिरहेको छ ।

कम्पनीले सोना मन्सुली, अरुवा मोटा र स्टिम जिरा मसिनो गरी १ लाख क्विन्टल चामल खरिद गरेर विराटनगर, लाहान, वीरगन्ज, काठमाडौँ, नेपालगन्ज, सुर्खेत र धनगढीमा भण्डारण गर्ने तयारी गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।

5135
Shares

ट्रेन्डिङ