सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रेमा गोलभेंडा २ रुपैयाँमा एक झोला, ब्यापारीले फ्याले झिकु खोलामा

काभ्रेमा गोलभेंडा २ रुपैयाँमा एक झोला, ब्यापारीले फ्याले झिकु खोलामा

33940
Shares
काभ्रेमा गोलभेंडा २ रुपैयाँमा एक झोला, ब्यापारीले फ्याले झिकु खोलामा

काभ्रे : पाँचखाल नगरपालिकाको झिकु खोलामा गोलभेडा फालेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

तस्बिर भाइरल हुनु स्वाभाविक पनि हो । ‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नगरपालिकाको नारा छ । पाँचखाल नगरपालिका कृषि उर्वभ भूमि पनि हो । अहिले पाँचखालमा गोलभेडाको सिजन छ । तर भाउ नभएका कारण किसानले टिपेका छैन् । ब्यापारीले लैजान मानिरहेका छैन् । खेत गोलभेडा पाकेर रातामै भएको छ ।

झिकु खोलामा गोलभेडा किसानले फालेका होइन् । ९० क्रेट गोलभेडा फ्याल्दा स्थानीय ब्यापारी प्रितम तिमल्सिनाले संलग्न गरेका थिए । शुक्रबार फालिएको यो गोलभेडा किसानलाई प्रति क्रेट १ सय रुपैयाँ तिरेर सकंलन गरेको तिमल्सिनाले बताउनुभयो ।

झिकु खोलामा यो सिजनमा गोलभेडा फालेको नौलो भने होइन । यो सिजनमा प्रत्येक वर्ष जसो गोलभेडा झिकु खोलामा लगेर फाल्ने गरेको तिमल्सिनाले बताउनुभयो । ‘अहिले टनेलदेखि खुल्ला ठाउँ, पाँचखालको मात्रै होइन देश तथा भारतबाट समेत एकैसाथ गोलभेडा आउँछ । धेरै तिरबाट गोलभेडा आएपछि मुल्य पाइँदैन । अर्को कुरा यो जेठ, असार महिनामा लगन पनि निकै कम हुन्छ । धेरै खपत हुने कार्यक्रम नहुने भएपछि निकै कम मुल्यमा संकलन गर्न बाध्य भएका छौँ ।’ तिमल्सिनाले भन्नुभयो ।

केराघारीका तिमल्सिनाले आफ्नो बुबाको पेसालाई निरन्तरता दिँदै आइरहनुभएको छ । ‘मेरो बुबाले तरकारी संलकन गरेर कालिमाटीमा विक्री गर्दै आउनुभएको २५ वर्षभन्दा बढी भयो । पछिल्लो एक दशकदेखि मैले गर्दै आइरहेको छ । गाउँमा तरकारी संलग्न गर्छु, कालीमाटी लगेर बेच्छु । अहिले अरु तरकारीको भाउ राम्रो छ । तर गोलभेडाको भाउ भने निकै कम छ ।’ तिमल्सिनाले भन्नुभयो ।

किसानकै अगाडी फाल्दा नराम्रो हुने भएकाले झिकु खोलामा लगेर फालेको तिमल्सिनाको भनाई छ । ‘कालीमाटीमा लैजादाँ पनि बिक्री हुँदैन् । किसानको खेतबारीबाट तरकारी नउठाउँदा पनि पछि समस्या आउँछ । खेतमै कुहिएर जाने भयो । यस्तो बेला ब्यवसायीक हिसाबले सोचेर संकलग्न गरेँ, झिकु खोलामा लगेर फालेको हुँ । तिमल्सिनाले भन्नुभयो ।

पाँचखाल नगरपालिका वडा नम्बर ६ झिगनपुरका जयराम दनुवारले गोलभेडा लगाउँदाको कत्ति पनि लगानी उठ्ने अवस्था नरहेको बताउनुभयो । ‘यही झिगनपुर क्षेत्रमै संलकन गरेर गोलभेडा ब्यापारीले फालेका रहेछ । हामी साच्चै पीडित छौँ । खेती गर्दा गरेको कत्तिपनि लगानी नउठ्ने अवस्था छ । खेताला लगाएर टिप्दा ज्यान दिन पनि पैसा आउँदैन् । औषधी, बीउ विजनको कुरा त धेरै टाढा । हामीलाई प्रति क्रेट ५० रुपैयाँ दिएका छन् ।’ दनुवारले भन्नुभयो ।

किसानको कुरा सुन्दा साच्चै पाँचखाल नगरपालिकाले किसान र खेती प्रति नजरअन्दाज गरेकै हो । नगरपालिकाले किसानको नारा राख्ने, तर मुख्य सिजनमै भाउ नपाएर फाल्नु पर्ने अवस्था आउनु राम्रो पक्ष होइन् । नगरपालिकाले आफ्नै वा संघ तथा प्रदेश सरकारसंग समन्वय गरेर चिस्यान केन्द्रहरु स्थापना गर्न निकै ढिला भैसक्यो ।

यो पटक गर्मीले आफ्नो रेकर्ड क्रमशः ब्रेक गर्दै गर्दा पाँचखाल जस्तो अत्याधिक गर्मी हुने ठाउँमा उत्पादन भएका सिजनल तरकारी बिक्रीमा किसानले ठूलो समस्या झेलिरहेका छन् । मल ब्यवस्थापनदेखि विषादी न्यूनिकरणसम्ममा नगरपालिकाले ठोस योजना र नीति अनुसार काम गर्न नसकेको किसानहरुले गुनासो गरेका छन् ।

33940
Shares

ट्रेन्डिङ