सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रेको मण्डनदेपुरमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

काभ्रेको मण्डनदेपुरमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

2675
Shares
काभ्रेको मण्डनदेपुरमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

काभ्रे : मण्डनदेपुर नगरपालिकाको वडा नम्बर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु भएको छ । दुबै तालिमको आज नगर प्रमुख टोक बहादुर वाईबाले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो । तालिम उदघाटन गर्दै नगरप्रमुख वाईबाले शिक्षासंगै सीप पनि अपरिहार्य रहेको बताउनुभयो ।

‘पढाईको तहबृद्धि संगसंगै सीप भयो भने जीवन आत्मनिर्भर बन्न निकै ठूलो सहयोग पुग्छ । सीपले विपद्को बेला अझ बढी सहजता प्रदान गरेको हामीले देखेका छौँ । तर सिकेको सीपलाई ब्यवहारमा लागु गर्नुहोस्, सीप र ज्ञान कहिल्यै पूर्ण हुँदैन । समय अनुकुल सीप र ज्ञान लिदैँ र बाड्दै जानुपर्छ । सर्टिफिकेट जम्मा गर्ने काम मात्रै नगर्नु होला ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

उपप्रमुख विष्णुमणी नेपालले नगरपालिका उत्पादनको क्षेत्रमा काम गर्न तत्पर रहेको बताउनुभयो । उहाँले पढाईलाई ब्यवसायमुलक बनाउनुपर्नेमा जोड दिनुभयो । सीप सिकेर नमुना बनेर समाज रुपान्तरणमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोक बहादुर लोप्चन, वडा नम्बर ४ का वडा अध्यक्ष मैतेसिं तामाङ र वडा नम्बर ८ का वडा अध्यक्ष निरञ्जन विष्ट, नगरपालिकाका स्वरोजगार संयोजक सुरज पौडेल लगायत सहभागि हुनुभएको थियो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको सिलाई कटाई तालिममा वडा नम्बर ४ र ८ का गरी १५ जना महिला सहभागिता रहेको छ ।

त्यस्तै ब्यूटी पार्लर तालिमा ७ जना महिला सहभागि छन् । यो तालिम १ महिनासम्म सञ्चालन हुनेछ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम नगरपालिकाको विभिनन ४ वटा वडामा सञ्चालन भैरहेको छ । वडा नम्बर ४, ५, ८ र १० मा कार्यक्रम सञ्चालन भैरहेको स्वरोजगार संयोजक पौडेलले जानकारी दिनुभयो ।

वडा नम्बर ४ मा पार्लर, सिलाई कटाई र वर्क शपको तालिम सञ्चालन भैरहेको छ । वडा नम्बर ५ मा सिलाई र तरकारी खेती तालिम चलिरहेको छ । वडा नम्बर १० मा सिलाई र गलैँचा बुनाई तालिम सञ्चालन भैरहेको छ । वडा नम्बर ८ का लागि सञ्चालन गरिएको बाख्रा पालान तालिम भने आजै सकिएको छ ।

2675
Shares

ट्रेन्डिङ