सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

1330
Shares
ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही, ७ भदौ : पूर्व – पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका – १ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका – १ स्थित पौराहीमा आज बिहान करिब ११ः३० बजे पश्चिमबाट पूर्वतर्फ हिँडेको ना६ख १५०० नम्बरको ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका – १ का अन्दाजी वर्ष ५५ की विमलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकले ठक्कर दिएर स्थानीय विमलीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकमाथि तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । श्रीमान्–श्रीमती बजार गएका आएका बेला पौराही पुलमा विमलीलाई पछाडिबाट ठक्कर दिँदा लडेपछि पुनः ट्रक ब्याक गरी किचेको पीडित परिवारको भनाइ छ । ठक्कर दिने ट्रकका चालक इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

1330
Shares

ट्रेन्डिङ