सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बनेपा फुटवल एकेडेमीले थाल्यो काम,६० जना नियमित प्रशिक्षणमा

बनेपा फुटवल एकेडेमीले थाल्यो काम,६० जना नियमित प्रशिक्षणमा

1375
Shares
बनेपा फुटवल एकेडेमीले थाल्यो काम,६० जना नियमित प्रशिक्षणमा

काभ्रेबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर बनेपामा स्थापना भएको बनेपा फुटबल एकेडेमीमा ६० जनाले नियमित प्रशिक्षण थालेका छन् । शनिबार भएको बृहत छलफल तथा अन्तरकृयामा एकेडेमीले काम सुरु गरेको जानकारी आयोजकले दिएको छ ।

फुटबल एकेडेमी स्थापनापछि काभ्रे जिल्लामा रहेका खेलप्रेमी र पत्रकारलाई एकेडेमी स्थापनाको उदेश्यको बारेमा जानकारी दिन सदस्य भेला कार्यक्रम आयोजना गरेको हो । बनेपा नगरपालिका बडा नं ५ का अध्यक्ष बलराम अधिकारीले एकेडेमी स्थापना र संचालनका लागि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एकेडेमीका अध्यक्ष निरोज शाक्यले एकेडेमीले गर्ने गतिििवधका बारेमा बारेमा जानकारी दिनुभएको थियो । बर्षाैदेखि काभ्रे जिल्लाको फुटबल क्षेत्रको विकासका लागि क्रियाशिल रहेको बनेपा फुटवल क्लब र माउन्ट एभरेष्ट क्लब मिलेर बनेपा सहित काभ्रे जिल्लाका खेलाडीलाई प्रशिक्षण सुरुवात गरेको उहाँले उल्लेख गर्नुभयो ।

काभ्रे जिल्ला फुटवल संघको सहकार्यमा स्थापना भएको क्लवले निरन्तर रुपमा खेलाडीलाई प्रशिक्षण सुरु गरिसकेको छ । एकेडेमीले जुनसुकै उमेर समुहका फुटवल खेलाडीलाई न्यूनतम शूल्कमा प्रशिक्षण लिन लागेको हो ।

हाल १२ जना महिला सहित ६० जनाल सो केन्द्रबाट नियमित प्रशिक्षण लिइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्यापन पनि गराउने लक्ष्य एकेडेमीले लिएको उपाध्यक्ष मनिष भोछिभोयाले जानकारी दिनुभयो । यो कार्यले काभ्रे जिल्लामा मात्रै नभएर राष्ट्रकै लागि केही टेवा पुगोस् भन्ने लक्ष्य लिएको छ ।

1375
Shares

ट्रेन्डिङ