सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेको बेथान्चोकमा एक ब्यक्ति मृत फेला

काभ्रेको बेथान्चोकमा एक ब्यक्ति मृत फेला

5465
Shares
काभ्रेको बेथान्चोकमा एक ब्यक्ति मृत फेला

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर २ ढोलाखोलामा बिहान फेला परेको शवको पहिचान खुलेको छ ।

दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नम्बर १ घर भएका ३५ बर्षीय निर्मल बुढाथोकीको शव भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाका अनुसार शव पाष्र्टमार्टमा लागि धुलिखेल अस्पतालमा राखिएको छ । पोष्टमार्ट भएको छैन् ।

मृतकको गोजीमा रहेको एटिएम कार्डबाट पहिचान खुलेको हो । एटिएम कार्डको आधारमा बैंक विवरण मिलेपछि प्रहरीले शवको पहिचान गरेर आफन्तलाई खबर गरेको थियो ।

उनी काठमाण्डौ बस्दै आएको बताइएको छ । घटनाका बारे प्रहरीले अनुसन्धान थालेको छ । निर्मलको शव ढोलाखोला स्थित सडकको नालीमा स्थानीयले देखेपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

5465
Shares

ट्रेन्डिङ