सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्राधिकरणले धमाधम तार काट्न थाल्यो, देशभरका इन्टरनेट अवरुद्ध हुनसक्‍ने

प्राधिकरणले धमाधम तार काट्न थाल्यो, देशभरका इन्टरनेट अवरुद्ध हुनसक्‍ने

8200
Shares
प्राधिकरणले धमाधम तार काट्न थाल्यो, देशभरका इन्टरनेट अवरुद्ध हुनसक्‍ने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ। शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्ने काम अघि बढाएको हो। यही असोज १५ गतेभित्र पोलभाडा नवीकरणका लागि तोकिएको समय पूरा भएको भन्दै प्राधिकरणले नवीकरण नगर्ने सेवा प्रदायकको केबल काट्न थालेको हो।

‘तोकिएको समयमा पनि नवीकरण नभएपछि शनिबारदेखि तार काट्न सुरु गरेका हौँ’ प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले भने। उनका अनुसार शनिबार कम्तीमा प्रत्येक इन्टरनेट सेवा प्रदायकको एउटा वितरण लाइन काटिएको छ।

इन्टरनेट सेवाप्रदायक सङ्घ, नेपाल (आइस्पान) ले भने प्राधिकरणले गैरकानुनी रूपमा जिल्लाभर नै इन्टरनेट अवरुद्ध हुने गरी केबल काटिएको जनाएको छ। आइस्पानका अध्यक्ष सुधीर पराजुलीले शनिबार प्राधिकरणले केबल काटिदिँदा चितवनका अधिकांश ठाउँमा इन्टरनेट अवरुद्ध भएको बताए। ‘केबल काट्ने मात्र हैन हामीलाई त्यहाँ मर्मतको काममा समेत अवरुद्ध गरिएको छ’ उनले भने।

चितवनबाहेक केबल काटिँदा नवलपरासीका कतिपय ठाउँमा पनि इन्टरनेट अवरुद्ध भएको उनले जानकारी दिए। काठमाडौँ उपत्यकामै पनि प्राधिकरणले केबल काटेको जानकारी आइस्पानलाई प्राप्त भएको उनले बताए।

प्राधिकरणले यस्तै काम जारी राखे देशैभर इन्टरनेट अवरुद्ध हुनसक्ने उनको भनाइ छ। नेपाल विद्युत् प्राधिकरणले पछिल्लो १५ दिनमा दुई पटक सूचना प्रकाशित गरी असोज १५ भित्र पोल ओपीजी डब्लू केबलका लागि पोलभाडा नवीकरण गर्न सूचना जारी गरेको थियो।

तर, पोलभाडा एकतर्फी रूपमा सात गुणासम्म बढाइएको भन्दै निजी इन्टरनेट सेवा प्रदायकले उक्त मूल्यमा नवीकरण गर्न नसकिने भन्दै तोकिएको समयमा पनि नवीकरण गरेका छैनन्।

प्राधिकरणले प्रतिकिलोमिटर ओपिजीडब्लू केबलको भाडा ३२ हजार रुपियाँसम्म निर्धारण गरेको छ। निजी इन्टरनेट सेवा प्रदायकले पोलभाडा अत्यधिक महँगो भएको भन्दै समाधानका लागि नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समाधानका लागि आग्रह गरेको थियो।

8200
Shares

ट्रेन्डिङ