सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेमा सुनका गरगहना सहित ३ लाख ५० हजार बढीको सामान चोरी

काभ्रेमा सुनका गरगहना सहित ३ लाख ५० हजार बढीको सामान चोरी

25730
Shares
काभ्रेमा सुनका गरगहना सहित ३ लाख ५० हजार बढीको सामान चोरी

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ९ ज्याम्दीका पिताम्बर पराजुलीको घरमा चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हिजो साँझ ५ बजे घरमा कोही नभएको मौका छोपी चोरी भएको हो ।

घरको मुल ढोका फुटाएर दराजभित्र राखेको सुनको विभिन्न गरगहना चोरी भएको बताइएको छ । ३ लाख ५० हजार बराबरको धनसम्पत्ती चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

25730
Shares

ट्रेन्डिङ