सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्कारपियो दुर्घटना, दुई जनाको मृत्यु

स्कारपियो दुर्घटना, दुई जनाको मृत्यु

1490
Shares
स्कारपियो दुर्घटना, दुई जनाको मृत्यु

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना भएको थियो । एमबी दुगड हाइड्रोको गाडी रामेछापको बाम्तीबाट काठमाडौं जाँदै गरेको थियो ।

सडकबाट झन्डै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राती स्थानीयले उद्धार गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइतेहरूको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धुलिखेलमा पठाइएको छ ।

1490
Shares

ट्रेन्डिङ