सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१

कस्तो रहला आजको मौसम ?

1470
Shares
कस्तो रहला आजको मौसम ?

काठमाडौं, १७ भदौं : बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी भू–भागका एकदुई स्थानमा आइतबार दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानलगायत बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

1470
Shares

ट्रेन्डिङ