सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

आज कहाँ–कहाँ वर्षा?

1180
Shares
आज कहाँ–कहाँ वर्षा?

काठमाडौं, २५ भदौं : सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

1180
Shares

ट्रेन्डिङ