सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काभ्रेमा सवारी दुर्घटना, एक जनाको मृत्यु

1020
Shares
काभ्रेमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काभ्रे | जिल्लाको पाँचखाल नगरपालिका– ८ मा मोटरसाइकल अनियन्त्रित भई आइचर गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मुरारी कार्की रहेको प्रहरी जनाएको छ । मंगलबार अपरान्ह ४ बजेको समयमा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– ८ पचास किलोस्थित अरनिको राजमार्ग सडकखण्डमा दोलालघाटबाट जिरो किलोतर्फ आउँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई विपरित दिशाबाट आएको आईचर गाडीसँग ठोक्किई दुर्घटना भएको हो ।

उपचारको क्रममा मोटरसाकल चालक जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका– ७ बस्ने वर्ष २८ का मुरारी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका– ७ बस्ने वर्ष २८ का राजन दंगाल घाइते भएका छन ।

घटनाका दुवै सवारीसाधन र आईचर चालक काभ्रे जिल्लाको भुम्लु गाउँपालिका– ४ बस्ने वर्ष २४ का पुर्णबहादुर पहरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाकारी दिएको हो।

1020
Shares

ट्रेन्डिङ