सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जेसिआई बिजनेस एकेडेमी २०२३ सम्पन्न

जेसिआई बिजनेस एकेडेमी २०२३ सम्पन्न

900
Shares
जेसिआई बिजनेस एकेडेमी २०२३ सम्पन्न

कपिलवस्तु :- अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरूद्वारा ‘जेसिआई बिजनेस एकेडेमी २०२३’ सम्पन्न भएको छ । नेपाल जेसीजको आयोजनामा कपिलवस्तु जेसीजको आतिथ्यतामा कपिलवस्तुमा बिजनेस एकेडेमी २०२३ सम्पन्न भएको हो ।कार्यक्रममा कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले जेसीज सक्षम नेतृत्व उत्पादन गर्ने एक विश्वविद्यालयका रुपमा आफूले बुझेको बताएका छन् । मेयर अर्यालले नेपाल जेसीजको आयोजनामा कपिलवस्तु जेसीजले संयोजन गरेको ‘जेसिआई बिजनेस एकेडेमी २०२३’को समापन कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले बिजनेस एकेडेमीमा सिकेका ज्ञानलाई आफ्नो आफ्नो क्षेत्रमा लागू गरेर देशको आर्थिक अवस्था सुदृढ गराउन सहयोग गर्नु पर्नेमा जोड दिनु दिए । सहभागि युवाहरूलाई आफ्नो आत्मविश्वास र साहसका साथ बिजनेस क्षेत्रमा सफल हुनका लागि बिजनेस एकेडेमीले सहयोग पुग्नेमा विश्वास रहेको बताए । उनले नेपाल जेसीजको आयोजनामा कपिलवस्तु जेसीजले संयोजन गरेको बिजनेस एकेडेमीका लागि आएका प्रशिक्षकहरूलाई यस क्षेत्रको बिजनेस विकासमा युवाहरूलाई प्रशिक्षण दिनु भएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

 

कार्यक्रममा नेपाल जेसीज वर्ष २०२३ का लागि निर्वाचित राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धरले जेसीज युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्दै आएको एउटा विश्वव्यापी संस्था भएको बताए । उनले कुनै पनि व्यक्तिलाई थप सामाजिक बन्न प्रेरित गर्ने संस्था पनि जेसीज भएको बताए । कपिलवस्तु जेसीजले आयोजना गरेको बिजनेस एकेडेमीले युवामा भएको क्षमतालाई निखारेर ल्याउन सहयोग पुगेको बताए । उनले भने ‘यो बिजनेस एकेडेमीले सक्षम नेतृत्व उत्पादन गरिसकेको छ, यसले बिजनेसको कार्य र क्षेत्रको पनि विस्तार गरेको छ ।’ यस संस्थामा १८ वर्षदेखि ४० वर्ष उमेर सम्मका युवाहरु आबद्ध रहेकाले पनि समाजका लागि केही योगदान गर्नु पर्छ भन्ने सिकाएको उनको भनाई छ ।

कार्यक्रममा सहभागीका तर्फबाट सिकेका कुराको सेयर गर्दै कर्पोरेट सेक्सनबाट रामसुभागे थारु र ठिमी जेसीजका अध्यक्ष जेसी पुजा श्रेष्ठले सिकेका कुरालाई ज्ञानमा तत्कालै लागू गर्ने र सिस्टमले काम गर्नु पर्छ भन्ने कुरालाई अगाडि बढाउने बताए । बिजनेस एकेडेमीमा सहभागीहरू उत्साहित थिए ।भदौ २० देखि २३ गतेसम्म शिवराज नगरपालिका– २ मा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा बिजनेस एकेडेमी कार्यक्रम भएको थियो । नेपाल जेसीजको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण कपिलवस्तु जेसीजले गरेको थियो ।

४ दिनसम्म चलेको उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा भारतबाट सिनेटर सेली चौधरी र सहायक प्रशिक्षकको रुपमा भारतका जेसी चिराक देसाई तथा सिनेटर मिलन गुरुङले प्रशिक्षण दिएको कपिलवस्तु जेसिज २०२३ का अध्यक्ष अमृत घिमिरेले जानकारी दिए । उनका अनुसार तीन जना प्रशिक्षकहरू नै अन्र्तराष्ट्रिय स्तरका प्रशिक्षकहरू हुन् । अध्यक्ष घिमिरेले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताए ।

 

 

900
Shares

ट्रेन्डिङ