सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ललितपुरमा एक जना महिला र दुई बच्चाको मृत्यु

ललितपुरमा एक जना महिला र दुई बच्चाको मृत्यु

370
Shares
ललितपुरमा एक जना महिला र दुई बच्चाको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ ।

ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको हो । लगत्तै कोठामा दुई जना बच्चा पनि बेहोस अवस्थामा भेटिएका थिए । उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनलाई पनि बेहोस अवस्थामा उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो ।

दुवैको पनि उपचारका क्रममा मृत्यु भएको  जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले  बताए । घरमा उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी थिइन् । घटना भएका बेला घरमा श्रीमान् थिएनन् ।

अनुसन्धानको कार्य भईरहेको प्रहरीले जनाएको छ ।

370
Shares

ट्रेन्डिङ