सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हिन्दु धर्मगुरु श्रीनिवासाचार्य पक्राउ

हिन्दु धर्मगुरु श्रीनिवासाचार्य पक्राउ

5620
Shares
हिन्दु धर्मगुरु श्रीनिवासाचार्य पक्राउ

काठमाडौं, १६ असोज : सुनसरी प्रहरीले हिन्दु धर्मगुरु श्रीनिवासाचार्यलाई पक्राउ गरेको छ । उनीमाथि केही सोधपुछ गर्नुपर्ने जनाउँदै प्रहरीले आज दिउँसो ४ बजे उनकै आश्रम सुनसरीको चतराधामबाट पक्राउ गरेको हो ।

धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई सोधपुक्ष गर्न नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । श्रीनिवासले केही दिनअगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

श्रीनिवासले नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्दै विभिन्न अभियान तथा गतिविधि गर्दै आएका छन् । उनी केही वर्षअगाडि आफैंलाई गोली हानेको आरोपमा विराटनगरबाट पक्राउ परेका थिए । २०७५ वैशाख २४ मा आफैंलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपमा श्रीनिवास पक्राउ परेका थिए । घटना उनकै योजनामा भएको पनि प्रहरीले खुलासा गरेको थियो ।

उनलाई उनकै सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीले गोली हानेका थिए । सो मुद्दामा जेल चलान भएका श्रीनिवास पछि धरौटीमा छुटेका थिए । उनलाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । आफैंमाथि गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

उक्त आदेशपछि उनले अदालतमा पुनरावेदन गरेका थिए । जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी सुनसरीको झुम्का कारागारबाट २० दिनमा रिहा भएका थिए ।

5620
Shares

ट्रेन्डिङ